भर्खरै :

अन्तर नगर कराँते प्रतियोगिता मूल समिति भेला

भक्तपुर, २ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिकाका अन्तर नगर कराँते प्रतियोगिता मूल समितिको भेला सम्पन्न भयो ।
भेलामा बोल्दै भनपाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने अवसर भएको र विद्यालय तथा कलेज तहमा पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।
युवाहरूलाई विकृति र विसङ्गतिबाट जोगाउन खेलकुदको आवश्यकता भएको बताउनुहुँदै प्रमुख प्रजापतिले प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई अनुशासित र राम्रो व्यवहार प्रदर्शनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
हरेक युवामा एउटा न एउटा खेलमा संलग्न होस् भन्ने उद्देश्यका साथ भक्तपुर नपाले विभिन्न खेलहरूको नियमित तालिम प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले धेरै भन्दा राम्रो काम र व्यवहारले मानिसहरू प्रभावित हुने भएकोले नगरपालिकाले राम्रो र नगरवासीको हित हुने कार्यक्रम र योजनाहरू नगरवासी र सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक छलफल गरी लागू गरिरहेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *