भर्खरै :

अध्यक्ष रोहितसँग चिकपाको प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौँ, ३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले बुधबार भेटघाट ग¥यो ।
भेटमा अध्यक्ष रोहितले चीन र चिनियाँ जनता नेपाली जनताको असल मित्र र अप्ठ्यारो पर्दाको भरको रूपमा रहँदै आएको बताउनुभयो । उहाँले चीन र चिनियाँ कम्युनिष्ट पार्टीका गतिविधिबाट विश्वको वामपन्थी आन्दोलनले उत्साह प्राप्त गरिराखेको चर्चा गर्नुहुँदै नयाँ नयाँ प्रयोगको माध्यमबाट चीनले हासिल गरिरहेका उपलब्धि र सफलताप्रति खुसी ब्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सार्कलाई निष्क्रिय बनाएर बिम्स्टेकलाई अगाडि बढाइनु, संरा अमेरिकाले इण्डो–प्यासिफिक नीति अघि सारी यस क्षेत्रमा सैन्य सङ्गठन निर्माण गर्ने तयारी थाल्नु, जापान र भारतसमेत ती गतिविधिमा संलग्न रहनु, विवादास्पद धार्मिक गतिविधिमार्फत हस्तक्षेप बढाउनु आदिले नेपाल र छिमेकी मुलुकहरूको शान्ति खल्बल्याउने र सुरक्षा खतरा तथा संवेदनशीलता बढाएको स्पष्ट छ ।’’
अध्यक्ष रोहितले अगाडि भन्नुभयो, ‘‘खुला सिमानाको कारण नेपालको राजनीतिमा जटिलता थपिएको हो । राजनीतिक दलहरूमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको घूसपैठ ठूलो चुनौतीको रूपमा कायम छ ।’’
नेमकिपाले समाजवादी देश र विश्वका विभिन्न कम्युनिष्ट पार्टीहरूसँग मित्रवत् सम्बन्ध विकास गरी वैचारिक आदान–प्रदान तथा अन्तरक्रिया गर्दै आइरहेको बताउनुहुँदै अध्यक्ष रोहितले अन्तर्राष्ट्रवादी कर्तव्य निर्वाह गर्न नेमकिपा सदा तत्पर रहने प्रस्ट पार्नुभयो ।
‘‘नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासको निम्ति नेमकिपाले विचार र सिद्धान्तमा जोड दिँदैछ । सरलरूपमा सदस्यता वितरणभन्दा पनि कामदार वर्गप्रति समर्पितहरूलाई पार्टीमा सदस्य बनाई कम्युनिष्ट आन्दोलनको गुणात्मक विकासमा ध्यान दिइरहेको छ ।’’, उहाँले भन्नुभयो ।
चिकपाको प्रतिनिधिमण्डलका नेता साउ लियाङ्ले नेमकिपाले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई निरन्तर समर्थन जनाउँदै आएकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले आफ्ना प्रकाशनहरूमार्पmत नेमकिपाले चीनबारे सत्य–तथ्य जानकारी नेपाली जनताबीच पु¥याएर ठूलो गुण लगाएको छ भन्नुभयो ।
नेता साउले नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण कामरेडहरूलाई शुभकामना व्यक्त गर्नुहँुदै नजिक आइसकेको नेमकिपाको सातौं महाधिवेशनको सफलताको कामना गर्नुभयो ।
का. रोहितले चिकपाका महासचिव सि चिन फिङसम्म नेमकिपा र नेपाली जनताको उच्च सम्मान तथा शुभकामना पु¥याउन अनुरोध गर्नुभयो ।
भेटमा नेमकिपाको विदेश सम्बन्ध विभागका सदस्य सुरेन्द्रराज गोसाई र चिकपाको विदेश सम्बन्ध विभागकी चेङ याउयाको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *