रास्वपा सरकारको बजेटले सरकार पुँजीवादी भएको पुष्टि
- जेष्ठ १८, २०८३
कुसुम
नेपाल एउटा कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिसहरू किसानी (कृषि) पेसामा आश्रित छन् । भूगोलको आधारमा नेपाललाई तीन भागमा विभाजित गरिएको छ । नेपालको कूल क्षेत्रफलको १५ प्रतिशत भू–भाग तराईमा पर्दछन् ।
यहाँका अधिकांश जग्गा जमिन खेतीयोग्य रहेका छन् । यहाँका किसानहरू नगदेवाली मौसमी बाली लगायतका बालीनालीहरू लगाउने गर्दछन् । तराईका किसानहरूको निम्ति उखु खेती अरु खेतीभन्दा कम लगानीमा राम्रो उत्पादन हुने खेती हो । यहाँका अधिकांश किसानहरूसँग आफ्नो खेत हुँदैन । गाउँका साहु महाजन र जमिनदारहरूसँग अधियामा उत्पादन भएको बालिमा आधा भाग किसान र आधा भाग मालिकको खेत लिएर खेतीपाती गर्ने गर्दछन् । यस क्षेत्रमा उपयुक्त सिंचाइको व्यवस्थापन नभएकोले किसानले खेतमा लगाएको बालीहरू सुकेर जान्छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्दा किसान नहर दिन प्रतिदिन ऋणमा डुब्दै गएका छन् ।
किसानहरूले खेतीपाती गर्न र घर व्यवहार चलाउनको लागि साहु महाजनहरूसँग वार्षिक ३६ प्रतिशतमा ऋण लिएर खेतीपाती गर्ने गर्दछन् । यदि किसानले कारणवस वर्षभरिमा ऋण तिर्न सकेन भने मूलधन (साँवा) र व्याज जोडेर फेरि नयाँ मूलधन कायम गर्ने गर्दछन् । ऋणीले ऋण तिर्ननसकेमा जेलसम्म वर्षैपिच्छे यो प्रकृया चलि नै रहन्छ । यति चर्को व्याजमा ऋण लिएर किसानहरू खेतीपाती गर्ने गर्दछन् । किसानहरूले खेतमा बाली लगाउने बेलामा बजारमा बीउविजन र मलखादको अभाव हुने गर्दछ । बाध्य भएर किसानहरू बढी मूल्य तिरेर भए पनि खेतमा बाली लगाउने गर्दछन् । कतिपय ठाउँमा कुलो, नहरको व्यवस्था भए तापनि किसानलाई आवश्यक पर्ने बेलामा कुलो वा नहरमा थोपा पानी हुँदैन । जब किसानलाई पानीको आवश्यकता हुँदैन अथवा पानीले गर्दा बाली बिग्रिने कुलो र नहरमा आवश्यकताभन्दा बढी पानी हुनुका साथै नहरको किनारले पानीले बहाव थाम्न नसकेपछि नहर वरिपरिका हजारौं बिगहा खेतमा लगाएको बालीनालीहरू बिग्रिने गर्दछ ।
यहाँका किसानहरू नगदेबालीको रुपमा उखु, सुर्ती, तोरीलगायतका अन्य खेतीहरू पनि गर्ने गर्दछन् । उखु खेतीभन्दा अरु खेती गर्दा किसानले आफ्नो अनुकूलतामा उत्पादित बस्तु बेचेर आफ्नो आवश्यकताहरू पूर्ति गर्न गर्दछन् । किसानहरू चर्को व्याजदरमा ऋण लिएर उखु खेती गर्ने गर्दछन् । उत्पादित उखु समयमा चिनी मिलले नलिँदा किसानले लगाएको उखु खेतमै सुक्न थाल्छन् । मिलले लिएको उखुको भुक्तानी समयमा नदिंदा किसानहरू दिन प्रतिदिन ऋणमा डुब्दै गइरहेका छन् । किसानले उखु बेचेको वर्ष दिन बित्दा पनि मिल मालिकले भुक्तानी गर्ने गर्दछ । भुक्तानीको विषयमा मिल मालिक सरकारको प्रतिनिधि र कृषक प्रतिनिधिहरूबीच पटक–पटक सहमति भए तापनि कृषकले भुक्तानी समयमा पाउँदैनन् । यस विषयमा सरकारले मिल मालिकहरूलाई आवश्यक कारबाही नगर्दा किसानहरू दिन प्रतिदिन झन पीडित बन्दै गइरहेका छन् ।
सामान्यतमा तिहार र छठ सक्ने बित्तिकै चिनी मिलहरू सञ्चालन हुन्थ्यो । तर, यस वर्ष उखुको मूल्य निर्धारणको विषयलाई पुस मसान्तमा मात्र मिल मालिकहरू चिनी मिल सञ्चालन गर्न तयार भए । कतिपय चिनी मिल सञ्चालन हुन्छ कि हुँदैन अझै अन्योल नै रहेको छ । कृषकहरू समयमा उखु क्रसिङ्ग गर्न नपाउँदा गहुँ खेती गर्ने नपाउने भए । मिल मालिकहरूको कारणले गर्दा किसानहरूको खेत त्यतिकै बाँझो रहनेभयो । पुँजीवादी व्यवस्थामा पुँजीपतिहरू किसान र मजदुरहरूलाई हासेको अथवा खुसी भएको कहिल्यै पनि चिताउँदैन भन्ने कुरा छर्लङ्ग भएको हो ।
हाम्रो देशमा कम्युनिष्ट पार्टीको सरकार हो । कम्युनिष्ट पार्टीको सरकारले जहिले पनि किसान र मजदुरलाई प्राथमिकता क्रममा राख्ने गर्दछन् । किसानहरूले भन्ने गर्दछन् ः– जुनसुकै सरकार भए पनि हाम्रो समस्या ज्यूँका त्यूँ नै रहेका छन् । वर्तमान सरकार नामले कम्युनिष्ट भए तापनि व्यवहार पुँजीपति र जमिनदारहरूको सरकार रहेको स्पष्ट हुन्छ ।
Leave a Reply