‘जुन जोगी आए पनि कानै चिरेका’
- आश्विन १२, २०८३
विश्व प्रसिद्ध ङातापोल्हँ मन्दिरको उत्तरतिर फर्केको द्वारको तोरणमा आइसक्रिमले छ्यापेको पाइएको छ । आइसक्रिममा रहेको विभिन्न केमिकल तथा पानीले सो तोरणको शोभामा हानि पु¥याएको त छँदै छ साथै तोरणमा केमिकलले पनि असर पार्न सक्नेछ । अतः सो तोरणलाई सफा गर्न लगाई अब उप्रान्त मन्दिरमा हुने यस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नुपर्ने देखिन्छ । मन्दिरमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा गार्डको व्यवस्था गर्नु उत्तम हुनेछ । मन्दिरमा बसेर विभिन्न खाद्य तथा झोलपदार्थ सेवन गर्ने र यसपछि त्यसको फोहर त्यहीँ मन्दिरमा छोडेर जाने तथा धूमपान गर्ने, भित्तामा विभिन्न लेख्ने कार्यलाई निरुत्साहित गर्नु आवश्यक छ ।
लाय्कुमा रहेको तग्वः गांमा पनि केटाकेटीहरूले विभिन्न शब्दहरू लेखेको देखिएकोले सो मेटाई अब उप्रान्त त्यस्तो लेख्ने कार्य बन्द गराउन अत्यावश्यक छ । तग्वः गांमुनिको ढुङ्गा जसमा फलामे सिक्री बाँडिएको छ, त्यसलाई पनि केही उछृङ्खलले त्यहाँबाट विस्थापित गर्न खोजेकोले यस्ता कार्यलाई पनि रोक्न आवश्यक देखिन्छ ।
विशेषतः यस्तो कार्यमा भर्खरका युवाहरू लागेको देखिन्छ । सम्पदामा क्षति पु¥याउन नहुनेतर्फ युवा–विद्यार्थीहरू सचेत हुनुपर्छ । यी सम्पदाहरु हाम्रै सम्पत्ति हुन् । हाम्रै सम्पत्ति ठानेर संरक्षण गर्नुपर्छ, सुरक्षित गर्नुपर्छ ।
– पुष्पराम मुनंकर्मी, भक्तपुर
Leave a Reply