गत वर्ष उपद्रो हुनुमा तत्कालीन सरकारमा बसेको एमाले र नेपाली काङ्ग्रेस दोषी
- आश्विन १४, २०८३
काठमाडौँ, ४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले युवाहरूले स्वस्थ र अनुशासित जीवन जिउन र वर्ग शत्रुसँग लड्ने भिड्ने क्षमताको विकास गर्न खेलकुदमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
शुक्रबार भएको प्रशिक्षणमा उहाँले देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपाले निर्वाह गर्दै आइरहेको भूमिकाबारे गाउँ–टोलमा गई जनतालाई सचेत बनाउन युवाहरू खट्नुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘हरेक युवा कार्यकर्ताले विश्व इतिहास र भूगोलका साथै विभिन्न भाषा, साहित्य र दर्शनबारे जानकारी हासिल गरी देश र जनताको सेवा गर्ने भावना राख्नुपर्छ । राजनीतिक क्रान्ति र परिवर्तनका लागि युवाहरूले सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान पनि हासिल गर्नुपर्छ ।’’
पुँजीवादी व्यवस्थामा हरेक व्यक्तिले नाफाको लागि काम गर्ने तर समाजवादी देशहरू प्रजग कोरिया, क्युवा, चीनले नाफाभन्दा पनि जनतालाई सेवा दिने कार्य गरेको स्पष्ट पार्दै उहाँले देशका शासक दलहरूले देश र जनताको आवश्यकता नै नबुझी मनोमानीढ·ले रेल, जहाजको कुरो गरेर जनताको आँखामा छारोहाल्ने काम गरिरहेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि देशको हितमा सैद्धान्तिक र वैचारिकरूपमा जनतालाई सचेत गर्ने काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भेलामा नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटा, उपाध्यक्ष आर.के. लघु., सचिव एच. एस.सुवाललगायतले युवा आन्दोलनमा नेक्रायुसङ्घको भूमिकाबारे बोल्नुभएको थियो ।
Leave a Reply