यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– मेरिना शाक्य
कम्युनिष्ट पार्टीको लक्ष्य शोषणरहित समाज स्थापना हो । शोषणरहित समाजमा कसैले कसैमाथि शोषण गर्दैन । सामन्त, शोषक र विदेशी पुँजीवादी दलालहरु शोषण गरेरै धनी हुन्छन् । शोषण गरेर रजाइँ गर्ने उनीहरुको लक्ष्य भएको हुँदा बहुमत जनताको हितमा नीति–नियम बनाइँदैन । आफ्नो लक्ष्य पूरा गर्न या निरन्तरता दिन उनीहरु अनेक चलखेल, षड्यन्त्र रच्छन्, भ्रम पाल्छन् र दण्ड र भेदको नीति लिन्छन् ।
आफूलाई ठूलो र शक्तिशाली भन्ने नेकपाको सरकारले शोषणरहित समाज स्थापना गर्नेसम्बन्धी कुनै पूर्वाधार योजना ल्याएको छैन, भावी बाटो तयार गरेको छैन । फुकेरैमात्र भ्रष्टाचार, अनियमितता, शोषण, दमन, ढिलासुस्ति अन्त्य हुँदैन । वर्षौँ र पुस्तौँसम्म जोत्दै आएको जग्गामा आफ्नो हक पाइएको छैन । हकबाट बञ्चित गर्न नै तत्कालीन देउवा सरकारले द्वैधस्वामित्व अन्त्य ग¥यो र उक्त निर्णयको त्यसबेला एमालेले समर्थन र स्वागत ग¥यो । किसानको मोही कायम नहुँदै गरिएको नेकाको सो कदम किसानविरोधी थियो । हिमाल, पहाड र तराई जुनसुकै क्षेत्रका सामन्त, शोषक, जमिनदार, जालीफटाहा र विदेशी दलाल पुँजीपतिहरु नै शोषण र शासनका कारकहरु हुन् ।
वर्ग रहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, ढिलासुस्ती, पक्षपात भइरहेसम्म द्वन्द्व भइरहनु स्वाभाविक छ । नेपालको वर्तमान राजनीतिक व्यवस्था सामन्तवाद पूरा अन्त्य नभएको पुँजीवादी व्यवस्था हो । अहिले पनि देशमा सामन्त, जालिफटाहा र विदेशी पुँजीपति वर्गको हालिमुहाली छ । घूस नखाने कार्यालय विरलैमात्र हुन्छ । सत्तासीन दलको सरकारको त जहाँ जहाँ आफ्नो प्रभाव छ, आ–आफ्नो दलका सांसद, प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष निर्वाचित छन्, त्यहाँ त्यहाँ कुनै पनि भ्रष्टाचार, घूस नहुनुपर्ने हो, सबै जनप्रतिनिधिहरु इमानदार हुनुपर्ने हो, देश र जनताप्रति समर्पित र जिम्मेवार भएर काम गरेर देखाउनुपर्ने हो । तर, त्यो देखिरहेको छैन । त्यस्तो काम गरिँदैन, काम गर्न पहल गरिँदैन भने नेकपाको सरकार कसरी सच्चा कम्युनिष्ट हुन्छ ? ्
Leave a Reply