भर्खरै :

महिला फुटबल टोली घोषणा

काठमाडौँ, ११ माघ: निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ ।
भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना र मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी तथा फरवार्डमा अनु लामा, रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारीलाई टोलीमा समावेश गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिनुभयो ।
उडिसाको भूवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म आयोजना हुने सो प्रतियोगितामा नेपालसहित भारत, म्यान्मा र श्रीलङ्काले खेल्नेछन् । छनोट भएका २३ खेलाडीबाट २० सदस्यीय महिला टोलीको छनोट गरिने खड्काले जानकारी दिनुभयो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *