भर्खरै :

नेक्राविसङ्घ भक्तपुर क्याम्पस सम्मेलन सम्पन्न

भक्तपुर १९ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमखी क्याम्पसको सम्मेलन नयाँ समिति चयनसँगै सम्पन्न भएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनाकालदेखि नै देश र जनताको सेवा गरेको कुरा नेक्राविसङ्घ केन्द्रीय अध्यक्ष सविन ख्याजूले बताउनुभयो । नेमकिपा स्थापनाका आधारहरूबारे कार्यक्रमको बन्दसत्रको प्रशिक्षण सत्रमा अध्यक्ष सविन ख्याजूले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल कानुन अध्ययन समाजका अध्यक्ष एवम् पूर्वस्ववियु सभापति रामप्रसाद प्रजापतिले स्ववियुको अनुभवबारे प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा प्रजापतिले विद्यार्थीहरू राजनीतिक रुपमा सचेत भएन भने अरुले हामीमाथि राजनीति गर्ने र राजनीति लागेर विद्यार्थीहरू बिग्रिने भन्ने कुरा गलत भएको बरु गलत राजनीतिले गर्दा कैयौं विद्यार्थीहरू अन्योलमा परेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष अनिल फोजूले स्ववियु निर्वाचनलाई नेक्राविसङ्घले वैचारिक सङ्घर्ष र घोषणापत्रहरूबीचको प्रतिस्पर्धाको रुपमा लिएको छ । स्ववियु विद्यार्थीहरूको शैक्षिक वैचारिक विकास, इमानदार र देशभक्त नयाँ पुस्ताको जन्म हुने थल्लो हो त्यही भएर तोकेकै समयमा स्ववियु निर्वाचन हुनुपर्ने विचार राख्नुभयो ।
सम्मेलनबाट किशोर गोसाईको अध्यक्षतामा नयाँ नेक्राविसङ्घ भक्तपुर क्याम्पस समिति गठन भएको छ । उक्त कार्यक्रममा दिनेश खड्गी र किशोर गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *