तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १९ माघ । नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ भनपा वडा नं. ५ को आयोजनामा भक्तपुर नगरस्तरीय अन्तर एकाइ हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भयो ।
प्रतियोगितामा वडा नंं ८, ७ र ३ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूको पुरस्कार वितरण कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभाका सांसद सृजना सैंजूले हाजिरीजवाफ प्रतियोगिताले विषयगत ज्ञानलाई दिगो बनाउने बताउनुभयो ।
नेमकिपाको साहित्य अध्ययन गर्ने रचनात्मक काममध्ये हाजिरीजवाफ प्रतियोगिता पनि रहेको विचार राख्दै उहाँले विद्यार्थी वर्गमा नेमकिपाको इतिहास र उद्देश्य पु¥याउने यो माध्यम सफल रहेको र यसलाई निरन्तरता दिनसमेत सुझाव दिनुभयो ।
कार्यक्रममा मङ्गलेश्वर ध्वजू, मनिस गोरा, प्रशन्न दिदियालगायतले बोल्नुभएको थियो ।
Leave a Reply