तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक वडा नं. ७ मा पार्टीको ४५ औं स्थापना दिवसका अवसरमा हिजो कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले कामदार जनताको पक्षमा सङ्घर्षरत नेमकिपाको स्थापनाले देशको कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देश गरिरहेको छ भन्नुभयो । जमिन जोत्ने किसानको पक्षमा नेमकिपाको सङ्घर्षदेखि तिर्मिराएर हिजोका पञ्चेहरूले भक्तपुर काण्ड रचेजस्तै आफूलाई माओवादी भन्नेहरूले नेमकिपाका नेता कार्यकर्ताहरूलाई सिध्याउने भनि पटक–पटक आक्रमणको प्रयास भएको र त्यसको विरोधमा नेमकिपाका कार्यकर्ताहरू सैद्धान्तिक सङ्घर्षमा लागेको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष शिवबहादुर खुलीमुलीको सभापतित्वमा भएको भेलामा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेंले आफूलाई कम्युनिष्टको सरकार भन्नेले जनताको जमिन हडप्न कहिले दु्रतमार्ग, रङ्गशाला, कवर्डहल, फराकिलो बाटोजस्ता विकासे नारा दिएकोले जनता सचेत हुनुपर्छ भन्नुभयो ।
Leave a Reply