महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, २० माघ । श्रमिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित धाँ बाजा प्रशिक्षण कार्यक्रम एक समारोहबीच शनिबार सम्पन्न भयो ।
संस्थाका सामाजिक तथा सांस्कृतिक उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले राजनैतिक तथा सांस्कृतिकरुपमा चेतनास्तर नउठेसम्म भौतिक विकासको महत्व नहुने बताउनुभयो ।
“अहिलेको विकासमा अग्रजहरुको योगदान महत्वपूर्ण छ ।”, उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष दिनेश ग्वाछाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवाँ, गणेशराम सुवाल, कृष्णनारायण मचामसी, धाँ बाजा प्रशिक्षक विष्णुबहादुर मानन्धर, राजाराम गोसाई र ललिता गोसाईले पनि बोल्नुभएको थियो ।
धाँ बाजा प्रशिक्षण मंसिर ९ देखि माघ १८ गतेसम्म सम्पन्न भएको थियो । प्रशिक्षणमा १९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
Leave a Reply