भर्खरै :

अछाममा कार्यकर्ता प्रशिक्षण

अछाम, २० माघ । नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा गैरीटाँडमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो । भेलामा बोल्दै नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झंकरबहादुर शाहीले कम्युनिष्ट पार्टी सत्तासीन भए देशको शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यक सबै निःशुल्क बन्दोबस्त हुनुपर्ने धारणा राख्नुभयो । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला नै समाजवादको सिद्धान्त भएको भन्दै उहाँले नेकपाको सरकारले पनि दैनिक पन्ध्र सयका दरले नेपाली युवा विदेशमा पठाउन बन्द गर्न नसकेका बताउनुभयो ।
संशोधनवाद कम्युनिष्ट आन्दोलनको घातक रोग भएको प्रस्ट पार्दै नेकपा संशोधनवादी पार्टी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा तुर्माखाँद गापाका अध्यक्ष पदम बुढा, नेक्रामहिलासङ्घका जुना साँवद, नेक्राविसङ्घका विमला बुढालगायतले बोल्नुभएको थियो । कार्यक्रम जकिराम बजगाईको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *