भर्खरै :

पैसामुखी अस्पतालहरू

डा.अरुणा उप्रेती
४ वर्षअघि भएको त्यो घटना म सम्झिरहन्छु किन भने त्यसपछि पनि त्यस्तै घटना बारम्बार व्यक्तिले दोहोरिरहन्छन् । तीन वर्षअघि महाराजगञ्ज चिकित्साशास्त्र अध्ययन संस्थामा ५० वर्षीय रवी अधिकारी नाम गरिएको बिरामीको कलेजोको क्यान्सर निदान गरी ६ महिनाभन्दा बढी समय नभएको परिवारलाई जानकारी दियो । निम्न मध्ययम वर्गीय परिवारले सकी नसकी ऋण गरेर राजीव गान्धी हस्पिटल लगे । त्यहाँ पनि त्यही निदान गरेर उपाय छैन भनेर ३ दिनपछि काठमाडौं फर्काइयो । काठमाडांैमा एउटा निजी अस्पतालले ठीक हुनसक्छ । औषधी गरेपछि भनेपछि परिवारलाई आशा पलायो । पाँच महिना औषधि गरेपछि, बिरामीको अन्तिम अवस्था पुग्यो । दिउँसो २ बजे बिरामीको अवस्था नाजुक भयो । अस्पतालले दुई दिन भेन्टिलेटरमा राख्ने कि भनेर भनेपछि परिवारका मानिसहरूले ५ महिनामा ३ लाख खर्च भइसक्यो । अब मृतकलाई भेन्टिलेटरमा राखेर के काम भनेर दाहसंस्कार गर्नपट्टि ध्यान दिए । ६ महिनाभन्दा बढी बाँच्न नसक्ने बिरामीलाई ठीक हुन्छ कि भनेर बिरामीको परिवारलाई भन्दा परिवारले ऋण गरेर उपचारमा खर्च गरेको ३ लाख अहिलेसम्म तिर्दैछन् ।
नेपालमा बिरामी भएपछि महँगो उपचार गर्न घरबार बन्धकी राख्नुपर्ने अवस्था छ र प्रात्ेट अस्पतालमा बिरामीको वास्तविक अवस्थाको बारेमा साँच्ची नै जानकारी दिइन्न र अन्तिम अवस्थासम्म दोहन गरिन्छ । बारम्बार छलफल गर्दा सुनिन्छ । वास्तवमा डाक्टरले बिरामीबाट जसरी भएपनि ठग्न खोज्छन् भन्ने मानसिकता वास्तवमा गलत चाहीँ हो । कोही अनुभवहरूबाट लाग्छ कि कुनै कुनै अस्पताल साँची नै बिरामीलाई ठग्न चाहन्छ ।
निजी अस्पतालमा क्यान्सरको अन्तिम अवस्थाको बिरामीलाई रगत चढाउनु र आइसीयूमा राख्नका लागि र कलेजोको क्यान्सरबाट अन्तिम अवस्थामा भएको व्यक्तिलाई भेन्टिलेटरमा राख्ने सल्लाह भने नदिएको भए पनि हुन्थ्योजस्तो लाग्छ ।
“नचाहिने शल्यक्रिया गरेर पैसा कमाउने प्रसुती गृहहरू पनि छन् ।” एक पत्रकारले भनेका थिए । निजी प्रसुती गृहमा सुत्केरी गराउन जाने महिलाहरूको झण्डै ६० प्रतिशत सुत्केरी शल्यक्रियाबाट हुन्छ । के कारणले सुत्केरीको शल्यक्रिया गरियो भन्ने थाहा हुँदैन । डाक्टरले “शल्यक्रिया गर्नुपर्छ भनेपछि कसैले पनि प्रश्न उठाउँदैन र शल्यक्रियाबाट सुत्केरी गराएपछि एउटा परिवारले ६०–७० हजारसम्म तिर्नुपर्छ । सुत्केरी हुँदा शल्यक्रिया गर्नुप¥यो भने थापाथली प्रसुती गृहमा निःशुल्क हुन्छ सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत । यदि शल्यक्रिया गराइयो भने सरकारले प्रतिशल्यक्रिया रु. ७ हजार अस्पतालाई दिन्छ । तर, निजी अस्पतालले रु. ७० हजार लिने के यो न्याय हो” पत्रकारले प्रश्न गर्दा मैले पनि विचार गरेँ । विश्व स्वास्थ्य सङ्घको मापदण्डअनुसार सुत्केरी हुनेमध्ये १०–१५ प्रतिशत महिलाहरूलाई शल्यक्रियाको आवश्यकता पर्न सक्छ । तर, निजी अस्पतालमा किन ६० प्रतिशत महिलाको शल्यक्रिया गर्नुपर्ने किन ?
क्यान्सर र केक
क्यान्सर भएर उपचार गरेर निको भएकाहरूले केक काटेर उत्सव मनाएभन्दा मनमा खुसी पनि लाग्यो, दुःख पनि लाग्यो ।
क्यान्सरबाट निको हुन औषधि, समय, धैर्य, डाक्टर र नर्सको सेवा चाहिन्छ । त्यो प्राप्त गरेर निको भएकाहरूलाई त बधाई दिनैपर्छ । तर, खुसी मनाउन केक काटेको देखेर मनमा कताकता दुख्यो । खुसी पनि पश्चिमी तरिकाले मनाउनुपर्छ र हाम्रो देशको संस्कृतिमा खुसी मनाउने मौलिक तरिका बिर्सेर यसो गरेको हो कि ?
एकातिर स्वास्थ्यकर्मीले चिनी, मैदा, क्रिमले शरीरमा मोटोपन ल्याउँछ र त्यो पनि क्यान्सरको एक कारक हो भन्छन् भने त्यही मोटोपन र क्यान्सरकै कारक केक काटेर नै खुसी मानाउनुको त के औचित्य भयो र ?
नयाँ जीवनको खुसीमा दियो बालिन्छ, यसले जीवन प्रकाशमान भइरहोस् र अँध्यारो बाटो उज्यालो होस् भन्ने सन्देश जान्छ । खुसीको बेला मुख मीठो गर्न चिनी कम हालेको कोदो, फापर, गहँुको हलुवा वा सेल बनाउन सकिन्छ । लाखामरी सानोसानो टुक्रा काटेर आनन्द लिन सकिन्छ ।
खुसी मनाउन चकलेट, केक काटेको खबरले मेरो त मनै काटियो । हामीले किन आÇनो संस्कृति काटिरहेका छौँ भनेर । पोहोर साल माया फाट्दा मैले दिलले सिलाएको थिएँ, अहिले क्यान्सर पीडितको खुसीमा रमाए पनि केक काट्दा मेरो काटिएको मन र दिल केले सिउने होला ? कसले भनिदेला ?
८२ वर्षीय क्यान्सर रोगले पीडित मेरी काकी बज्यैलाई सार्स फेर्न गाह्रो भएर अस्पताल लगियो । उहाँ बाँच्नु हुन्न भन्ने परिवारलाई थाहा थियो । सास जाँदा सहजतापूर्वक जाओस् भनेर अस्पताल लगियो । त्यस्तो अवस्थामा सातदोबाटोमा रहेको एक अस्पतालमा उनको जाँच भयो । शरीरमा रगत कमी रहेछ रगत दिनुपर्छ भनेर भनियो । “अन्तिम अवस्थाको मानिस हो रगत दिएर के पो हुन्छ र उहाँलाई सुविस्तासँग जानदिने हो कि” छोराले सानो स्वरमा भने । “हामीले भनेको नमान्ने भए आई.सी.यु. मा नराख्ने भए, रगत नदिने भए किन अस्पताल ल्याएको त ?” भन्दै स्वास्थयकर्मी फन्किएका थिए ।
स्वास्थ्यकर्मीहरू उनलाई आईसीयुमा पठाउनको लागि कागज पत्र तयार भयो । रगत दिइयो, ५ घण्टापछि उहाँको मृत्यु भयो । आईसीयुमा बस्न पनि तयार गरिसकेको हुनाले रु. ५,००० त लाग्छ भनेर बिल बनायो । बज्यैको मृत्यु त हुन्थ्यो नै त्यसको लागि परिवार सबै तयार भइसकेका थिए तर अस्पतालमा प्रयोग नै नगरेकोे आईसीयुको पनि पैसा लिएकोमा सबै खिन्न थिए । तर, त्यो बेलामा कोही बोल्नसक्ने अवस्थामा नै थिएनन् । अस्पतालले मृत्युबाट पनि पैसा कमायो हामी सबैले कुरा गर्याँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *