रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
बिहीबार चीनको राज्य परिषद् सूचना कार्यालयले संरा अमेरिकामा मानवअधिकारको अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । संरा अमेरिकाले आफूलाई मानवअधिकारको न्यायाधीश भएजस्तै व्यवहार गरिरहे पनि आफ्नै देशभित्रको डरलाग्दो मानवअधिकारको अवस्थालाई भने उसले उपेक्षा गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘सन् २०१६ मा संरा अमेरिकाको मानवअधिकारको अवस्था’ शीर्षक दिइएको सो प्रतिवेदनले संरा अमेरिकाभित्र र बाहिरको मानवअधिकारको अवस्थाबारे विभिन्न संरा अमेरिकी प्राज्ञिक प्रतिवेदनहरु र गैरसरकारी संस्थाका स्रोतहरु उद्र्धत गरी प्रष्ट पार्न खोजिएको छ ।
‘हातमा मानवअधिकारको छडी बोकेर संरा अमेरिकाले धेरै देशहरुमा मानवअधिकारको अवस्थाबारे औंला तेर्साउने गरेको छ तर आफ्नो डरलाग्दो मानवअधिकार अवस्थाबारे ध्यान दिएको देखिंदैन ।’, प्रतिवेदनमा भनिएको छ ।
स्टाय्च्यु अफ लिबर्टीपछाडि जनताको कानमा गुञ्जिएको गोलीको आवाज, झन्–झन् भयावह बन्दै गएको जातीय विभेद, पैसाको राजनीतिमा तखतमा रहेको चुनावी धाँधली, आत्मघोषित मानवअधिकार रक्षकले आफ्नो कामबाट मानवअधिकारसम्बन्धि किवंदन्ती छताछुल्ल बनाएको छ ।’, प्रतिवेदनमा भनिएको छ ।
संरा अमेरिका संसारमा दोस्रो सबभन्दा बढी बन्दी भएको देश हो । अमेरिकाका तीन जनामध्ये एक जना वयस्कको कुनै न कुनै आपराधिक रेकर्ड छ । अफ्रिाको सबभन्दा कम जनसंख्या भएको देश सेछिल्लिसले मात्र कैदी संख्यामा संरा अमेरिकालाई उछिन्नेको छ ।
संरा अमेरिकाको आन्तरिक अवस्थाबारे प्रतिवेदनले मूलतः कारागार उद्योग परिसरमा हुने मानवअधिकार हननमा जोड दिएको छ । संरा अमेरिका संसारमा दोस्रो सबभन्दा बढी बन्दी भएको देश हो । अमेरिकाका तीन जनामध्ये एक जना वयस्कको कुनै न कुनै आपराधिक रेकर्ड छ । अफ्रिाको सबभन्दा कम जनसंख्या भएको देश सेछिल्लिसले मात्र कैदी संख्यामा संरा अमेरिकालाई उछिन्नेको छ ।
प्रतिवेदनअनुसार सन् २०१६ मा ‘उपनिवेशवादी इतिहास, दासता, जातीय दमन र विभेद, जातीय आतंकवाद र जातीय असमानता संरा अमेरिकाको अझै पनि प्रमुख समस्या बनेका छन्’ र जातीय आतंकको विगतको अवशेषको रुपमा अझै पनि प्रहरीले गर्ने ज्यादती र हत्या कायम छ ।’
संरा अमेरिकामा व्याप्त बाल गरिबी दर, ज्यालादरमा आएको असमानता र यौनिक अपमान र यातनाका गुनासोबारे प्रतिवेदनमा निचोड निकालिएको छ,“महिला, बालबालिका र ज्येष्ठ नागरिकको अधिकार रक्षाको सन्दर्भमा कुनै सुधार भएको छैन. तथा कमजोर सामाजिक समूहको अधिकारको गम्भीर उल्लंघन भएको छ ।’
धनको राजनीति र पैसाले सत्ता किन्न पाउने अवस्थाका कारण संरा अमेरिकामा राजनीतिक अधिकार खतरामा रहेको प्रतिवेदनको निष्कर्ष छ । सन् २०१६ को चुनावमा यो कुरा प्रष्ट भएको प्रतिवेदनको दाबी छ जसमा सबभन्दा कम मतदाताको स्वामित्व कायम भएको थियो ।
संरा अमेरिकाले संसारको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको एक साता पछि चीनले पनि अमेरिकाको मानवअधिकारको अवस्थाबारे जवाफी प्रतिवेदन सार्वजनिक गरेको हो । संरा अमेरिकाले आफ्नो विदेश नीतिलाई सही ठह¥याउने कुत्सित प्रयासस्वरुप संसारको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्ने काम गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा सन् २०१६ को मानवअधिकार अवस्थाबारे प्रतिवेदनमा व्यापक नागरिक हत्या र हताहती बढाएर मानवअधिकारको चरम अपमान गरेको उल्लेख छ । सिरिया र इराकमा संरा अमेरिकी हवाई कारबाहीमा ४ हजार ५ सय ६८ देखि ६ हजार १ सय २७ जना सम्म सर्वसाधारण मारिएको र सन् २००९ यता भएको गैरकानुनी ड्रोन हमलामा परी पाकिस्तान, यमन र सोमालियामा ८ सय मानिसको हत्या भएको प्रतिवेदनमा औंल्याइएको छ ।
चिनियाँ प्रतिवेदनमा ग्वान्टानामो खाडीमा अझै पनि ५९ जना गैरकानुनी कैदीहरु बाँकी रहेको र अन्तर्राष्ट्रिय कानुनी प्रावधान विपरीत तथाकथित १६ वर्ष लामो आतंकवादविरोधी युद्धका क्रममा संरा अमेरिकी सेना र सीआईए एजेन्टहरुले गरेका युद्ध अपराध र यातनाको उचित कारबाही नगरेको बताइएको छ ।
एडवार्ड स्नोडेनले बाहिर ल्याएका आन्तरिक तथा बाह्य गोप्य कुराहरु संसारभरका मानिसको गोपनियताको अधिकारलाई ठूलो खतरामा पारेको छ ।
संरा अमेरिकाले संसारको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको एक साता पछि चीनले पनि अमेरिकाको मानवअधिकारको अवस्थाबारे जवाफी प्रतिवेदन सार्वजनिक गरेको हो । संरा अमेरिकाले आफ्नो विदेश नीतिलाई सही ठह¥याउने कुत्सित प्रयासस्वरुप संसारको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्ने काम गर्दै आएको छ ।
स्रोतः टेलिसुर
अनुः नीरज
Leave a Reply