भर्खरै :

हलाल गाउँका घरघरमा धारा, स्थानीय खुसी

ताथली, २३ माघ । लामो समयदेखि खानेपानी समस्या भोगिरहेका हलाल गाउँवासीका घर–घरमा धारा आएपछि स्थानीय खुसी भएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको हलाल गाउँमा चालू आर्थिक वर्षमा रु. ५ लाखको योजना सञ्चालनसँगै काम सम्पन्न भएपछि घरघरमा धारा पुगेको हो ।
‘लामो समयदेखि खानेपानी समस्या भोगिरहेका थिए, अहिले हामीले घरघरमा पानी पुग्ने गरी धारा जडान गरिदिएपछि स्थानीय निक्कै खुसी छन्’ सोही वडाका वडासदस्य विद्यापति थापाले भने । उनले वि.सं. २०७२ सालको भूकम्पको समयमा खानेपानीको मूल नै सुक्दा खानेपानी समस्या भएको बताउँदै स्थानीय तहको निर्वाचनकै बेला खानेपानी समस्या समाधान गर्ने आश्वासन पूरा गर्न पाएको बताए ।
वडा सदस्य थापाले खानेपानी समस्या समाधान भएसँगै स्थानीयको दैनिकी निकै सहज भएको र सरसफाइका लागि पनि सहयोग पुगेको बताए । ‘पहिला एक गाग्री पानीका लागि बिहानको एकदेखि डेढ घन्टा समय दिनुपर्नेमा अहिले घरघरमा धारा पुगेको छ, स्थानीयले धाराको टुटी खोल्ने बित्तिक्कै पानी थाप्न पाएका छन् ।’ उनले भने ।
आर्थिक वर्ष २०७५÷०७६ मा चाँगुनारायण नगरपालिकालले ९ नं. वडाको सिफारिशमा बजेट विनियोजन गरेपछि सो स्थानमा रहेको मूलको सदुपयोग गरी ट्याङ्की बनाउने, पानीलाई लिप्mटिङ गर्ने काम गरिएको हलालगाउँ थापा टोल खानेपानी योजनाका अध्यक्ष बालसुन्दर राउतले बताए ।
अध्यक्ष राउतका अनुसार सो खानेपानीबाट हलाल गाउँको थापा टोल, पराजुली टोल र दलत टोलका स्थानीय ३५ घरधुरी लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *