भर्खरै :

आर्थिक उदारीकरणले शिक्षामा गुणस्तर कमी

भक्तपुर, २४ माघ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाको बैठकबाट पारित भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको विनियम २०७५ बारे बिहीबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजबाट देशभरिका विद्यार्थीहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेको र भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा अरुको तुलनामा पृथक र उदाहरणीय रुपमा काम गर्दै आएको बताउनुहुँदै आर्थिक उदारीकरणको नाउँमा शिक्षालाई निजी क्षेत्रमा जिम्मेवारी दिएकै कारण सरकारी कलेजहरूको गुणस्तर बढ्न नसकेको बताउनुभयो ।
आर्थिक रुपले पछाडि परेका विद्यार्थीहरूको लागि सहुलियत दरमा शैक्षिक ऋण दिने उद्देश्यले भक्तपुर नगरपालिकाको चौथो नगरसभाले भक्तपुर नपामा स्थायी बसोबास गर्ने गरिब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. ५ लाखसम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका पारित गरेको जानकारी प्रमुख प्रजापतिले दिनुभयो ।
उहाँले कलेजमा कार्यरत कर्मचारी र प्राध्यापकहरूलाई इमानदारीपूर्वक काम गरी आफ्नो कार्यक्षेत्रका सेवा विस्तारमा सहयोग पु¥याउन जोड गर्नुभयो ।
उक्त कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले ख्वप इञ्जिनियरिङ कलेजको विनियममा उल्लेख प्रावधानबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *