तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ गणेश माध्यमिक विद्यालय छालिङको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले नेपाल कम्युनिष्ट आन्दोलनभित्र देखिएका खोटा विचारविरूद्ध सैद्धान्तिक सङ्घर्षको क्रममा नेमकिपाको स्थापना भएको विचार राख्दै पञ्चायतकालमा पनि नेमकिपाले व्यापक जनताको हितमा प्रतिक्रियावादी सङ्घ–संस्थाको उपयोग गरेको बताउनुभयो ।
“उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण, आदर निकेतनको बन्दोबस्त, शिक्षा र स्वास्थ्य अनिवार्य र निःशुल्क, युवाहरूलाई स्वदेशमा रोजगारको ग्यारेन्टी नगरेसम्म मजदुर–किसानको हित हुनेछैन ।” फोजूले भन्नुभयो ।
उहाँले नेमकिपाले स्थापनाकालदेखि नै साम्राज्यवादी शक्तिविरूद्ध सङ्घर्ष गर्दै आएको धारणा राख्दै साम्राज्यवादी हस्तक्षेपको विरोध गर्नु कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका प्रतिनिधि राजन लाखा र आयोजक समितिका रामकृष्ण त्यातलगायतले बोल्नुभएको थियो ।
Leave a Reply