भर्खरै :

जनता ठग्ने मेसो नबनोस्

– सुरज सिंह
ओली सरकार गठन भएको वर्ष दिन पुगेको अवसर पारेर प्रम केपी ओलीले पुरानै कार्यक्रमलाई नयाँ नाम दिएर ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ घोषणा गरे । ‘नेपालको पानी जनताको लगानी, हरेक नागरिक विद्युत्को शेयरधनी’ नाराका साथ उक्त कार्यक्रम घोषणा भएको छ । यसअघि २०७३ साल भदौमै ऊर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ नाममा त्यस्तै कार्यक्रम घोषणा गरेको थियो । तर, जनतामाझ विश्वस्त ढङ्गले कार्यक्रम अघि नबढाउँदा कार्यक्रम त्यत्तिकै टुहिएको थियो ।
नेपालमा जलविद्युत् आयोजनाको छिटो विकास गर्नुपर्नेमा दुईमत छैन । तर, सरकारले बिनागहन अध्ययन कार्यक्रम ल्याएकोले पहिलेको कार्यक्रमजस्तै यो पनि असफल हुने विज्ञहरूको कथन छ । ‘कुन–कुन आयोजना निर्माण गर्ने ?’ ‘कसले कुन मोडलमा लगानी गर्ने ?, कम्पनीको शेयर बाँडफाँट कसरी हुने’, कति लागतमा कुन आयोजना निर्माण हुन्छ र प्रतियुनिट बिजुलीको लागत कति पर्न जान्छ ? केही निश्चित नभएको कार्यक्रममा लगानी गर्नेहरू मुस्किलले मात्र भेटिएला । सोझा सीधा जनताले लगानीस्वरुप पैसा जम्मा गरे पनि आयोजना निर्माणमा वर्षाैंवर्ष लगाएर, पूर्वघोषित लागतभन्दा कैयौँ गुणा बढाएर जनता ठग्ने काम नहोला भन्न सकिन्न । जनताको जलविद्युत् आयोजना कार्यक्रम जनता ठग्ने नयाँ मेसो नबनोस् ! सरकारलाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *