भर्खरै :

भक्तपुरमा अन्तरनगर कराते प्रतियोगिता सुरु

– मेरिना शाक्य
पञ्चायती निरङ्कुश व्यवस्था अन्त्य गर्न सुरु भएको विसं २०४६ को जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा भक्तपुर नगरपालिकाले अन्तरनगर कराते प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि तीनदिनसम्म चल्ने सो प्रतियोगिताको पहिलो दिन ¥यालीको आयोजना गरिएको थियो । दत्तात्रयबाट सुरु भएको सो ¥याली बजार परिक्रमा गर्दै सहिद स्मृति खेल मैदानमा पुगी ¥यालीको समापन भयो । ¥यालीमा भनपाका जनप्रतिनिधि, खेलकुदसित सम्बन्धित खेलाडी, प्रशिक्षक, स्कूल र कलेजका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता थियो ।
धाँ बाजा र धिमाय् बाजाका साथ सुरु भएको अन्तरनगर कराते प्रतियोगितामा २३ नगरपालिकाले भाग लिएका थिए । भाग लिएका नपाहरूमा पाँचखाल,नपा, धुलिखेल नपा, पनौती नपा, बनेपा नपा, काठमाडौं मनपा, ललितपुर उपमनपा, चन्द्रागिरी नपा, तार्केश्वर नपा, सूर्यविनायक नपा, चाँगु नपा र मध्यपुर नपा रहेका छन् । त्यस्तै धनकुटा नपा, वीरगञ्ज उपमनपा, लेखनाथ नपा, तुल्सीपुर नपा, वीरेन्द्रनगर नपा, सूर्योदय नपा, गोकर्णेश्वर नपा, बाह्रबिसे नपा, महालक्ष्मी नपा, गोदावरी नपा र भक्तपुर नपाले पनि भाग लिएका थिए ।
प्रतियोगिता सुरु हुनुअघि प्रतियोगितालाई नियमबद्ध सुचारु गर्न निर्णायक रेफ्रिहरुको तर्फबाट करातेका अन्तर्राष्ट्रिय रेफ्रि राधिका देउला र खेलाडीहरूको तर्फबाट भनपाका कराते प्रशिक्षार्थी रुक्सना दुवालले सपथग्रहण गर्नुभएको थियो । सोही अवसरमा नपाबाट भाग लिने प्रतिनिधिहरूलाई समुट्घाटन समारोहका अतिथि एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मायाको चिनो प्रदान गर्नुभएको थियो । समारोहअघि सहिदहरूप्रति सम्मानस्वरुप १ मिनेट मौन धारण गरिएको थियो । अतिथि बिजुक्छेंले अन्तर्राष्ट्रिय रेफ्रि राजन चित्रकारलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो । निर्वाचनताका घोषणा गरिएको नेमकिपाको प्रतिबद्धताअनुसार भनपाले प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता गर्दै आइरहेको छ । उट्घाटन सत्रपछि महिला र पुरुषले काँटा प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *