भर्खरै :

मादक पदार्थ बेचबिखन रोकौँ

चाँगुनारायण नगरपालिका छालिङ वडा नं ५ स्थित बाटाटोलमा जम्मा ६ किराना पसलहरू छन् । ती पसलमा मद्यपान सेवन तथा बेचबिखन हुन्छ । त्यसकारण यहाँका कति मानिसहरू झै–झगडामा संलग्न भइरहेका छन् । बच्चाहरूमा पनि यसको असर देखिन थालेको छ । बुबाआमाले मद्यपान गर्ने हुँदा बच्चाहरूलाई किन्न पठाउँछन् । बच्चाहरू पनि सेवन गर्ने तरिका र अनुभव भन्दै बिस्तारै यस खराब प्रवृत्तिमा फसिरहेका छन् ।
बिस्तारै बानी परेपछि झूट बोल्ने, झगडामा संलग्न हुने, त्यतिमात्र नभई हत्या, हिंसामा पनि संलग्न हुने हुँदा समाज प्रगतिको मार्गमा नभई दुर्र्गितको मार्गमा बढिरहेको छ । त्यसकारण किराना पसलहरूमा मद्यपानजस्ता पदार्थहरूको बिक्रीमा रोक लगाइनुपर्दछ । मद्यपान, धूमपानबाहेक अहिलेका युवाहरू गाजाजस्ता लागूपदार्थमा फस्दै आएका छन् । त्यसैले यी खराब प्रवृत्तिको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्छ ।
–सुमित्रा बाटा,
छालिङ भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *