नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको अपिल
- फाल्गुन ५, २०८१
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने ख्वप अस्पताल भवनको बिहीबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पैसा कमाउने र भ्रष्टाचार गर्ने उद्देश्य भएकाहरूले देश र समाजको हितमा काम गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
पैसा कमाउने उद्देश्त्न्दा सेवा भावले काम गर्न अभिप्रेरित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर अस्पतालको स्तरोन्नति हुन नसक्नुमा सरकार जिम्मेवार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “सरकारले राम्रो अस्पताल बनाएन भने निजी तथा नक्कली अस्पतालले जनतालाई शोषण गर्छ । सरकारले निजीलाई पृष्ठपोषण गरी कामगरी खाने जनतालाई दुःख दिइरहेको छ ।”
भक्तपुर अस्पतालमा झाडाबान्ताबाट पीडित बिरामीहरू पनि मर्ने गरेको तथा समयमा उपचार सेवा नपाउँदा विगतमा स्थानीय जनताले अकालमा ज्यान गुमाउनुपरेको सम्झना गर्दै अध्यक्ष बिजुक्छेँले उपचारको अभावमा कसैको ज्यान जान नदिन ख्वप अस्पतालको निर्माणले महत्वपूर्ण योगदान पुग्ने आशा व्यक्त गर्नुभयो ।
सबैले इमानदारीपूर्वक काम गरे भक्तपुरलाई नमुना नगरको रूपमा विकास गर्नसक्ने विश्वास व्यक्त गर्दै उहाँले देशभरिका जनताको सेवा गर्ने भावनाले ख्वप अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्ने योजनासहित अगाडि बढ्न जोड दिनुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले देशमा सङ्घीयता लागू भए पनि केन्द्रीकृत मानसिकताअनुसार नै सङ्घीय सरकार सञ्चालन हुनु गलत भएको बताउनुभयो ।
उहाँले देशमा निजी अस्पतालको सङ्ख्या बढिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्नु जनताको हितमा रहेको बताउनुभयो । निजी क्षेत्रले मात्र काम गर्दा सरकार र जनता कमजोर हुने बताउँदै सांसद सुवालले वर्तमान सरकार जनताको सरकारको रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल निर्माणको लागि आर्थिक वर्ष २०७५÷७६ मा १४ करोडको बजेट छुट्याएको र ख्वप अस्पताल निर्माणमा सरकारी र कुनै विदेशी लगानी नभएको स्पष्ट पार्दै नगरपालिकाको बजेट र नगरवासीको सहभागितामै अस्पतालको निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भक्तपुरको जनस्वास्थ्य केन्द्रमा सुविधासहित इमर्जेन्सी सेवा, आँखा अस्पताल र आर्युवेदिक उपचार केन्द्रमार्फत सस्तो र सुलभरूपमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको स्मरण गराउनुभयो ।
प्रदेशसभा सांसद सृजना सैंजूले स्वास्थ्य र शिक्षाजस्ता जनताका आधारभूत आवश्यकताहरू जनताको पहुँचबाट टाढा गइरहेको समयमा नेमकिपाको नीतिअनुरूप भक्तपुर नपाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ख्वप अस्पताल निर्माणको थालनी गर्नु सकारात्मक भएको बताउनुभयो ।
कुनै पनि अस्पताल व्यापारको निम्ति नभई जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्नेमा जोड दिंदै सांसद सैंजूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारले देखाएको उदासिनताप्रति खेद प्रकट गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पताल वातावरणमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ज्योतिष वीरेन्द्रप्रसाद कायस्थ र नेपाली सेनाका उपरथी भरत खड्काले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप अस्पतालमा आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआई, प्याथोलोजी प्रयोगशाला, प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार विभाग, बेस्मेन्टमा पार्किङ, शव गृहलगायतका सेवा तथा सुविधाहरू उपलब्ध हुने जानकारी गराउनुभयो । नवनिर्मित ख्वप अस्पतालको भवन ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको भनपाले जनाएको छ ।
Leave a Reply