जेसिस सेकेन्डरी स्कूलमा एसईई २०८२ ब्याचलाई बिदाइ
- जेष्ठ २१, २०८३
भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा कार्यकर्ताहरूबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
शुक्रबार भएको उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले पार्टी कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त र विचारबाट सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवा–विद्यार्थीहरूलाई पुँजीवादी झिलिमिलिबाट सतर्क गराई समाजवादी बन्दोबस्त र विचारबाट प्रशिक्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“पार्टी प्रकाशनहरू अध्ययन गरी कार्यकर्ताहरूबीच नियमित छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्छ । पार्टीको निर्देशनलाई सदैव पालना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सरकारमा गएका पार्टीहरूले अपराधीहरूलाई संरक्षण दिइरहेको चर्चा गर्दै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा जनता छक्याउने चालमात्र हो भन्ननुभयो । नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले समाजवादी व्यवस्थामा मात्र कामदार जनताले गुणस्तरीय जीवन जिउन पाउने भएकोले समाजवादी व्यवस्था स्थापनार्थ कार्यकर्ताहरू लाग्नुपर्छ भन्नुभयो ।
उहाँले भेनेजुयलाको आन्तरिक मामिलामा संरा अमेरिकाले हस्तक्षेप गरिरहेको चर्चा गर्दै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारविरूद्ध जनतालाई सचेत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवालले पञ्चायती व्यवस्थाको समाप्ति र प्रजातन्त्रको पुनःस्थापनामा भक्तपुरका जनताको योगदान धेरै भएको बताउनुभयो । कार्यक्रममा जगतराम धुख्वा र गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply