भर्खरै :

घलेलाई मानार्थ अध्यक्षबाट नहटाउन आदेश

काठमाडौँ, १० फागुन । टासी घलेलाई अखिल नेपाल फूटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले शुक्रबार अखिल नेपाल फूटबल सङ्घ (एन्फा) को नाममा आदेश जारी छ ।
गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उहाँलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताउनुभयो । गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनीत गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचनलगत्तै उहाँलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गर्नुभएका घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *