भर्खरै :

संस्कृति संरक्षणमा निरन्तरता आवश्यक

भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयमा हुने खेलकुद गतिविधि तथा अतिरिक्त क्रियाकलापले शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुग्ने बताउनुभयो ।
नाचगानको राजधानी भक्तपुरका सबै नागरिकहरू कलाकारको रुपमा परिचित भएको बताउँदै उहाँले संस्कृतिमा अत्यन्त धनी देश नेपालका सम्पदाहरूको निरन्तर संरक्षण र प्रवद्र्धन गर्न सके विदेशी पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने बताउनुभयो ।
सरकारी विद्यालयको भन्दा निजी विद्यालयको नतिजा तुलनात्मक रुपमा राम्रो भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको भौतिक सुधारको लागि शिक्षक–शिक्षिकाहरूलाई मन्टेश्वरीको तालिम र आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
विद्या विकास स्कूलले देशको निम्ति आवश्यक जनशक्ति तयार गरिरहेको चर्चा गर्दै उहाँले सबै विद्यालयहरूले देशको निम्ति आवश्यक अनुशासित र क्षमतावान जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुदलगायतका विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरिसकेको बताउँदै विद्यार्थीहरूलाई देशभक्त र कर्तव्यनिष्ठ भई देश र समाजको सेवा गर्ने भावनाले अभिप्रेरित गनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिक्षा क्षेत्रमा मिहिनेत खेर नजाने बताउनुभयो । कार्याक्रममा विद्या विकासका प्रिन्सिपल प्रदीप क्षेत्रीले पनि बोल्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *