बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
देशमा आज कुनै कुराको तीव्र विकास भएको छ भने भ्रष्टाचार, घूसखोरी र कमिसन लेनदेनमा भएको छ । त्यसैले त हरेकजसो दिन भ्रष्टाचारका खबर बाहिरिरहेका छन् तल्लो तहका कर्मचारीहरू घूस रकमसहित समातिएका छन् । भ्रष्टाचार निवारणको जिम्मा पाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै एक आयुक्तले ७८ लाख घूस बुझेको भिडियोसमेत सार्वजनिक भएको छ । घूसको लेनदेनमा संलग्नहरूले समेत एक–एक गर्दै सत्यतथ्य बाहिर ल्याइरहेका छन् । भिडियो र साउण्ड रेकर्डिङ सही हो वा होइन छुट्याउन कुनै आइतबार कुर्नु पर्दैन । भ्रष्टाचार नियन्त्रण ऐनअनुसार घूस लिने र दिने दुवै दोषी हुन् । त्यस्ता घूस्याहाहरूमाथि अविलम्ब कारबाही नहुनु भने उदेकलाग्दो छ । अख्तियारका आयुक्त राजनारायण पाठकमाथि महाभियोग नलगाई सोझै राजीनामा मात्र लिनु कारबाहीबाट बचाउन चालिएको कदम भएको अनुमान छ । होइन भने दुईतिहाइ बहुमत भएको सरकारलाई महाभियोग प्रस्ताव पारित गर्न केले रोक्थ्यो र ? सरकारले घूस र कमिसन माग्ने मन्त्रीदेखि सचिव, सहसचिव, महानिर्देशक, कार्यालय प्रमुख सबैमाथि प्रमाणको आधारमा तुरून्त कारबाही थाल्नुपर्छ ।
Leave a Reply