भर्खरै :

क्युवामा नयाँ संविधानबारे जनमतसङ्ग्रह हुँदै

हवाना, २३ फेब्रुअरी । समाजवादी देश क्युवामा नयाँ बनाइएको संविधानमाथि भोलि फेबु्रअरी २४ का दिन देशव्यापी जनमत सङ्ग्रह गरिंइँदैछ । नयाँ संविधानले ६० वर्ष पुगेको क्युवाली समाजवादलाई थप सुदृढ र व्यवस्थित बनाउने बताइएको छ ।
क्युवामा हुन लागेको संविधानमाथिको जनमत सङ्ग्रहले क्युवाली स्वाधीनताका नायक जोसे मार्टीको भावनालाई उच्च सम्मान गर्दै क्युवाली समाजवादी क्रान्तिका सर्वोच्च कमाण्डर फिडेल क्याष्ट्रोको विचार र विरासतलाई पुनः जनअनुमोदन गर्ने बताइएको छ ।
नयाँ संविधान निर्माण गर्ने प्रस्ताव क्युवाली संसद–राष्ट्रिय सभाले जुन २, २०१८ मा पारित गर्दै क्युवाली कम्युनिष्ट पार्टीका प्रथम सचिव जनरल राउल क्याष्ट्रोको अध्यक्षतामा एउटा आयोग गठन गरेको थियो ।
उक्त आयोगले मस्यौदा गरेको संविधानलाई जुलाई २०१८ मा स्वीकार गर्दै पारिमार्जनसहित जनपरामर्शकालागि जनतामाझ पठाइएको थियो ।
अगष्ट १३ देखि नोभेम्बर १५ सम्म देशव्यापी रूपमा एक लाख भन्दा बढी जनभेलाहरूमा प्रस्तावित संविधानमाथि गोष्ठी र छलफल गरी सुझाव सङ्कलन गरिएका थिए ।
जनताको सुझावका आधारमा पुनः मस्यौदा संविधान परिमार्जन गरी राष्ट्रियसभाले फेबु्रअरी २४, २०१९ का दिन जनमत सङ्ग्रह गर्ने निर्णय गरेको थियो ।
स्वतन्त्र र गोप्य मतदानद्वारा हुने जनमत सङ्ग्रहबाट संविधान पारित भएपछि त्यसलाई औपचारिक समारोहबीच घोषणा गरिने बताइएको छ ।
प्रस्तावित संविधानले क्युवाली नागरिकहरूको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबैखाले अधिकार सुनिश्चितता गर्नुका साथै क्युवाको स्वाधीनता, सार्वभौमसत्ता र भू–अखण्डताको रक्षा गर्ने क्युवाली राज्य तथा मन्त्री परिषद्का राष्ट्रपति मिग्वेल डियाज कानलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *