नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ विकास प्राधिकरणका प्रमुख आयुक्त सुशीलचन्द्र ज्ञवालीको नेतृत्वमा आएको टोलीले शनिबार भेट ग¥यो ।
उक्त टोलीले भक्तपुर नपा वडा नं. १ स्थित निर्माणाधीन भाजुपोखरी, सिद्धपोखरी, भक्तपुर दरबार क्षेत्र, कला सङ्ग्रहालय, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन ग¥यो ।
भेटमा आयुक्त ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि भक्तपुर नगरपालिकाबाट सहयोगको लागि आग्रह गरेकोमा भनपा प्रमुख प्रजापतिले सहयोगको लागि सकारात्मक रहेको बताउँदै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा सबैको साझा सम्पदा भएको र यसको संरक्षण र संवद्र्धन गर्नु पनि साझा कर्तव्य भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरू उपभोक्ता समिति र जनसहभागितामा सम्पन्न भएको जानकारी गराउँदै विदेशी सहयोगविना नै भक्तपुरका सम्पदाहरूको पुनःनिर्माण कार्य भइरहेको बताउनुभयो ।
काठमाडौँको रानीपोखरीको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले काठमाडौँ विकास प्राधिकरणलाई सुम्पेको बताउँदै प्रमुख आयुक्त ज्ञवालीले भक्तपुरको पुनःनिर्माणबाट आफूहरू प्रभावित भएको र रानीपोखरी पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
भक्तपुरका सम्पदाहरू आफैमा गौरवको विषय भएको बताउँदै उहाँले रानीपोखरी पुनःनिर्माणको लागि आवश्यक प्राविधिक सहयोगको आग्रह गर्नुभयो ।
Leave a Reply