भर्खरै :

शङ्खरापुरमा तिसौँ परिषद्को सन्देश

काठमाडौँ, ११ फागुन । नेपाल मजदुर किसान पार्टीसँग आवद्ध किसान, मजदुर, शिक्षक र युवाहरूको एक भेला काठमाडौँको शंखरापुरमा शनिबार भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको तीसौँ परिषद्को सन्देश बारे बोल्दै सरकारमा गएका पार्टीहरूको साम्राज्यवाद र विस्तारवादसामु आत्मसमर्पण गर्ने नीतिको विरोधमा र नेपालमाथि वैदेशिक हस्तक्षेपको विरोधमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै लैजानुपर्ने कर्तव्य सम्पूर्ण सचेत नागरिकको हो भन्नुभयो ।
उहाँले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस आफैँ भ्रष्टाचारीहरूले भरिएको पार्टी भएको हुँदा वर्तमान नेकपाको सरकारले गरेको भ्रष्टाचारको विरोध गर्ने आँट नगरेको बताउँदै वाइडबडी जहाज खरिद भएको भ्रष्टाचार, एनसेल पुँजीगत लाभकर, नेपाल टेलिकमको फोरजी सेवालगायतमा अर्बौँ रुपैयाँ भ्रष्टाचार हँुदा पनि संलग्न अपराधिहरूको छानबिन गरी कारबाही गर्न आवाज नेकाले उठाउन नसकेको हो भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले संरा अमेरिकाले एसिया–प्रशान्त गठबन्धन र हिन्द–प्रशान्त गठबन्धनको नाममा चीनलाई घेर्ने तथा एसियामा अशान्ति र युद्ध थोपर्ने प्रयास गरिराखेको, भारतलाई पनि चीनको विरोधमा युद्ध गराउने प्रयास गरी विश्वमा अशान्ति गर्ने प्रयास गरिरहेको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *