भर्खरै :

चलचित्र ‘ग्रीन बूक’ ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका, १३ फागुन (एएफपी) । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ ।
यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्रात्र र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ ।
अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा”लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको छ ।
ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्रात्रको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।
“यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौँ भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौँ,” हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताउनुभयो । कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरू दुवैको सन् २०१३ मा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *