नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बाढी–पहिरो, भूकम्प, भोकमरीजस्ता प्राकृतिक प्रकोपबाट पीडित जनतालाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र बस्ने व्यवस्था गरेर लायन्स क्लवले गरेको सेवाले जनताको ध्यान आकर्षित भएको बताउनुभएको छ ।
सैनिक आवासीय महाविद्यालयको प्राङ्गणमा शनिबार भएको चौथो नेपाल लायन्स फेस्टिबलमा अध्यक्ष रोहितले नेपालमा २०७२ को भूकम्पबाट प्रभावित जिल्लाहरूमा झण्डै ५२ करोड रूपैयाँ बराबरको विद्यालयको पुनःनिर्माणमा लायन्स क्लव अन्तर्राष्ट्रियले गरेको सहयोगले नेपाली जनतालाई एक सहयोगी संस्थाको रूपमा परिचय गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकपटक संसारलाई स्वतन्त्रताको प्रेरक शक्ति बन्ने संयुक्त राज्य अमेरिका आज संसारमा १५० औँ सैन्य अखडाहरू राखेर विश्वका जनतालाई युद्धको आतङ्क मच्चाइरहेको छ । संरा अमेरिका हतियार निर्यात गरेर विश्वमा विध्वंश मच्चाउँदै छ, ऊ अनुत्पादक हतियार र युद्धकै कारण आफ्नो प्रगतिलाई आफैले कुठाराघात गर्दैछ ।”
संरा अमेरिका आज एसियालाई एसियालीहरूसँगै भिडाएर अमेरिकाको सम्पूर्ण क्षेत्रमा पुनः कब्जा गर्ने खेलमा लागिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “हिन्द प्रशान्त सैन्य गठबन्धनको तयारी त्यसको एक उदाहरण नबनोस् । हरेक वस्तु, व्यक्ति र शक्तिको पनि उज्यालो पक्ष र अँध्यारो पक्ष हुन्छ, पूर्वी गोलाद्र्धमा उज्यालो हुँदा पश्चिमी गोलाद्र्ध अँध्यारो हुन्छ ।”
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले फेस्टिवलमा सहभागी सबैलाई स्वागत गर्दै भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्र बनाउने जनताको साझा लक्ष्य रहेको बताउनुभयो ।
नेपालको संविधानमा आर्थिक समृद्धि र समाजवादउन्मुख उल्लेख भए पनि अहिलेसम्म सियोसमेत नबनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले रू. १२ खर्बको आयात र रू. ८० अर्बको मात्र निर्यात हुनु देशको कहालीलाग्दो स्थिति हो भन्नुभयो ।
नेपाली युवा वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचिरहेको उल्लेख गर्दै सचिव सुवालले लायन्सका सदस्यहरू देशको अवस्थाबारे जानकार हुनुहुन्छ, देशको मुहार फेर्न चिन्तन मनन पनि गर्नु आवश्यक छ भन्नुभयो ।
नेपालमा रहेका चार वटा लायन्स क्लव डिस्ट्रिक्ट च्याप्टरहरू मिलेर भक्तपुरमा आयोजना गरिएको चौथो नेपाल लायन्स महोत्सवमा लायन्स क्लव इन्टरनेसनल नेपालको मल्टिपल डिस्ट्रिक्ट परिषद्का अध्यक्ष डी.आर. खनालले लायन्स क्लव र यसले गरिरहेको सामाजिक कार्यबारे जनतालाई जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
महोत्सवमा चार लायन्स डिस्ट्रिक्टका संयोजक केपी अवाल, महोत्सवका खेलकुद संयोजक रविनारायण कायस्थ, चौथो लायन्स फेस्टिबल लयनका डिस्ट्रिक ३२५ ए–२ का चीफ नवीन प्रजापति, लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नर सुदर्शनधर प्रधानाङ्गले पनि बोल्नुभएको थियो ।
समारोह हुनुअघि प्रभातफेरी भएको थियो । प्रभातफेरीपछि आयोजित सो महोत्सव गृहमन्त्री रामबहादुर थापाले रिवन काटेर र परिवार उडाएर उद्घाटन गर्नुभएको थियो ।
विभिन्न बाजागाजा, जातजाति तथा भाषाभाषीका भेषभूषासहितको ¥याली भक्तपुर नगर परिक्रमापछि सैनिक आवासीय महाविद्यालयको प्राङ्गणमा समापन गरिएको थियो । कार्यक्रम डिस्ट्रिक्ट ३२५ ए २ को आयोजनामा भएको थियो ।
स्मरणीय छ, नेपालमा सन् १९७१ मा प्रवेश गरेको यस संस्था हाल मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए १, ए २, बी १ तथा बी २ गरी चार भागमा विभक्त गरिएको छ । यी डिस्ट्रिक्टहरूमा करिब ९ सय लायन्समा ३० हजारभन्दा बढी सदस्य रहेको चौथो नेपाल लायन्स फेस्टिवलले जनाएको छ ।
लायन्स क्लव अन्तर्राष्ट्रिय सन् १९१७ मा अमेरिकाको सिकागो सहरमा स्थापना भएपछि विश्वमा १४ लाख ५० हजारभन्दा बढी सदस्यहरू रहेको ठूलो स्वयम्सेवीहरूको सामाजिक संस्था हो ।
Leave a Reply