नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हनोइ, १८ फागुन (एएफपी) । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हप्रति प्रजग कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गर्नुभएको छ ।
हाल भियतनाममा रहेका उहाँले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हप्रति शनिबार श्रद्धाञ्जली व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको मिन्हाको समाधिस्थलमा पुगी उहाँले शनिबार हार्दिक श्रद्धा व्यक्त गर्नुभएको जनाइएको छ ।
नेता किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको वार्ताका लागि भियतनाम पुग्नुभएको थियो । उहाँहरूबीच यसै हप्ता द्विपक्षीय वार्ता भएको थियो ।
वार्ता सकिएर शनिबार स्वदेश फर्किन लागेका नेता किमले शनिबार बिहान उक्त सीमा क्षेत्रीय गाउँमा पुगी मिन्हप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
सम्मानस्वरुप रातो रिबनबाट बनाइएको विशेष प्रकारको बुट्टा भरिएको वस्तु र विभिन्न रङ्गका फूलहरू चढाएर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
उहाँले करिब ४८ मिनेटजति शिर निहुराएर मिन्हप्रति सम्मान प्रकट गर्नुभएको थियो । त्यस अवसरमा भियतनामको सेनाले विशेष सम्मान अर्पण गरेको थियो ।
मिन्हलाई भियतनाममा स्वतन्त्रता सेनानीका रूपमा सम्मान गरिन्छ । उहाँको सालिक राखिएको स्थानमा सम्मान व्यक्त गर्न प्रजग कोरियाली नेता किम पुग्दा विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।
हो चि मिन्ह प्रजग कोरियाली नेता किमका हजुर बुबा कोरियाली जनताका महान नेता किम इल सुङका नजिकका साथी मानिनुहुन्छ । युद्धको समयमा प्रजग कोरियाली नेता किम इल सुङले भियतनामलाई हतियारलगायतको सहयोग गरेको पनि इतिहास छ ।
उहाँका बुबा तथा नेता किम जोङ इलले पनि भियतनामका नेता मिन्हलाई सम्मान गर्ने गर्नुहुन्थ्यो ।
प्रजग कोरियाली नेताका रूपमा किमको भियतनाम भ्रमण सन् १९६४ पछि यो पहिलो हो । सन् १९६४ मा नेता किमका हजुरबुबा किम इल सुङले भियतनामको भ्रमण गर्नुभएको थियो । त्यस समयमा प्रजग कोरियाका राष्ट्रपति रहनुभएका किम इल सुङले भियतनामको भ्रमण गर्दा उहाँ पनि रेलबाट नै यात्रा गर्नुभएको थियो । उहाँले पनि त्यतिबेला प्रजग कोरियाबाट रेलमा जानुभएको थियो ।
प्रजग कोरियाली नेता किम आज शनिबारै स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ रेल चढेरै स्वदेश फर्किने तयारीमा रहनुभएको बताइएको छ । भियतनामबाटै चीनको राजधानी बेइजिङ हुँदै स्वदेश फर्किन लाग्नुभएका नेता किमले रेलमार्गबाटै करिब चार हजार किलोमिटर पार गर्दै हुनुहुन्छ । उहाँलाई प्रजग कोरिया पुग्न साढे दुई दिन लाग्ने अनुमान गरिएको छ ।
Leave a Reply