तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको आयोजनामा नेमकिपाको ३० औँ केन्द्रीय परिषद्का निर्णय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले नेमकिपाको ३० औँ केन्द्रीय परिषद् समाजवादी आन्दोलनको मार्गनिर्देशन भएको चर्चा गर्दै सङ्गठन विस्तार र जनचेतना जगाउन पार्टीका बुद्धिजीवी तथा जानेबुझेका सदस्यहरूले समय दिनुपर्नेमा जोड दिनुभयो ।
साङ्गठनिक जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई सङ्गठनमा आबद्ध गरी पार्टी विस्तार गर्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा भएको कार्यक्रममा रवीन्द्र न्हेमाफूकी, राजाराम छुकां, चन्द्रबहादुर थुयाजू र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।
Leave a Reply