यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १८ फागुन । भक्तपुर नगरपालिका वडा नं. १० समितिको आयोजनामा सुगर, प्रेसर र मृगौलासम्बन्धी बृहत स्वास्थ्य शिविर कार्यक्रम कमलविनायक मन्दिर परिसरमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विकासको आधार भनेको नागरिकहरूको स्वास्थ्यमा भरपर्ने बताउँदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार नगरपालिकाले कार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले ख्वप अस्पतालको शिलान्यास, पाक्षिक सरसफाई कार्यक्रम, दीर्घ रोगीलाई दश हजार रूपैंया अनुदान, शैक्षिक ऋण, डाक्टर पढ्नेलाई छात्रवृत्तिलगायत कार्यहरू भइरहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्ने बताउनुभयो ।
वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्ञानकुमार मगजू र जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।
Leave a Reply