नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयले शैक्षिक योग्यताको प्रमाणपत्र वितरण गर्नेभन्दा विद्यार्थीहरूलाई उत्पादन श्रमसँग जोडिएको शिक्षामा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
ई.जी. पायोनियर स्कूलको २५ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरलाई सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र ज्ञान–विज्ञानको केन्द्र बनाउने भक्तपुरको शिक्षा, संस्कृति, सम्पदा, भाषा आदिमा दक्ष बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको बताउनुभयो ।
शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई राजनैतिक, सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले देश र समाज विकासको निम्ति उपयुक्त शिक्षा दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरूलाई देश र समाजप्रति जिम्मेवार बनाउनुपर्ने र देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरलाई सफा र व्यवस्थित बनाउन पाक्षिक सरसफाइको अभियान चलाएको, भक्तपुर नपाको चौथो नगरसभाले कर सङ्कलनको अभियान सञ्चालन गर्ने निर्णय गरेको र भनपाभित्र स्थायी बसोबास गर्ने गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि रू. ५ लाखसम्मको सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विजेन्द्र धोँजुले विद्यार्थीलाई किताबी ज्ञानका साथसाथै व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न जोड दिएको बताउनुभयो ।
इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठ, संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग, प्याब्सनका उपाध्यक्ष चन्द्र अधिकारी, प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, शिक्षक पारसमणि खतिवडा, रवि भारतीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले स्कूलको स्मारिका विमोचन गर्नुका साथै स्कूलले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयीहरू, शिक्षक–शिक्षिका तथा उत्कृष्ट विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply