यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नारायणमान बिजुक्छें
सन् १९१७ मा अमेरिकाको सिकागो सहरमा स्थापना भएको लायन्स क्लव अन्तर्राष्ट्रिय आज १४ लाख ५० हजारभन्दा बढी सदस्यहरू भएको स्वयम्सेवीहरूको संस्थाले आँखा अस्पताल खोल्ने, त्यससँग सम्बन्धित जनशक्ति तयार गर्ने र आवश्यक उपकरणहरू प्रदान गर्दै आएको सुन्दा लायन्स क्लवको बारेमा थप जानकारी पाउने उत्सुकता जाग्यो ।
बाढी, पहिरो, भूकम्प, भोकमरीजस्ता प्राकृतिक प्रकोपबाट पीडित जनतालाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र बस्ने व्यवस्था गर्दै आएको लायन्स क्लवको सेवाले जनताको ध्यान आकर्षित गर्नु स्वाभाविक हो ।
नेपालमा २०७२ सालको भूकम्पबाट प्रभावित जिल्लाहरूमा झण्डै ५२ करोड रुपैयाँ बराबरको विद्यालयहरूको पुनःनिर्माणमा लायन्स क्लव अन्तर्राष्ट्रियले गरेको सहयोगले नेपाली जनतालाई एक सहयोगी संस्थासँग परिचित गराएको छ ।
रक्तदान, विद्यालय निर्माण, छात्रवृत्ति प्रदान, वातावरण संरक्षणजस्ता कार्यक्रमले जनतालाई आफूहरूले पनि सेवा गर्ने भावना जगाउन उत्साह प्रदान गर्ने देखिन्छ ।
माथि उल्लिखित सबै सेवा प्रदान गर्दा जात–जाति, भाषा, धर्म र वर्णको आधारमा भेदभाव नगरेको जानकारी अत्यन्त संवेदनशील र विवेकसम्मत छ । तर, राजनीति बलियो हतियार हुने गर्छ र कानुन पनि शासक वर्गले नै बनाउँछ । यसबारे पक्षपातबाट निर्लिप्त भएको हेर्न सजिलो छैन । विनाभेदभाव सहयोग पु¥याउनु मानवीय संवेदनाकै विषय हो, यो अत्यन्त सकारात्मक विषय पनि हो ।
अमेरिकाको सिकागो सहरमा लायन्स क्लव अन्तर्राष्ट्रियको स्थापना भएको सुन्दा ४ मई १८८६ को सिकागोको मजदुर आन्दोलनको सम्झना हुन्छ । त्यसै आन्दोलनको परिणाम ८ घण्टाको कामको दिन निश्चित भएको हो । त्यसको सिलसिला आज नेपालमा पनि १ मई दिवस मनाइन्छ – संसारका सबै देशमा जस्तै ।
साँच्चै, अमेरिकी जनताले संसारलाई अनेकौं गुण लगाएका छन् । अमेरिकी स्वतन्त्रता आन्दोलनले संसारका सबै उपनिवेशमा बाँधिएका देशका जनतालाई साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्न प्रेरित ग¥यो ।
अमेरिकी स्वतन्त्रताको घोषणा (५ जुलाई १७७६) पछि पनि अमेरिकी जनताकै बीचमा भेदभाव गरेको हुँदा डेनियल सेजको विद्रोह (१७८६) ले अमेरिकी जनतामा न्यायको अर्को शङ्खघोष ग¥यो ।
त्यस विद्रोहको दमनपछि समानता र शोषणको विरोधमा जोन ब्राउनको विद्रोह (१८५४–१८५६) ले दासको विद्रोह (१८६०) को बीउ रोप्यो । त्यसैबाट अब्राहम लिड्ढन (१८०९–१८६५) र रिपब्लिकन पार्टी (१८५४) लाई अफ्रिकी र आदिवासीहरूको दास मोचन गर्न बल प्राप्त भयो । उत्तर र दक्षिणको गृहयुद्धले (१८६१–१८६५) दासता उन्मूलन भयो । अमेरिकी जनताले संसारलाई दासता उन्मूलनमा नयाँ उत्साह प्रदान गरे ।
स्वतन्त्रता, दास मोचन र समानता एवम् न्यायको निम्ति प्रेरित गर्ने अमेरिकाले दोस्रो विश्वयुद्धमा सोभियत सङ्घसँग मिलेर धर्म, जात र बडा राष्ट्र अहङ्कारवादको विरोधमा फासीवादको पराजयको निम्ति योगदान ग¥यो ।
तर हिरोसिमा र नागासाकीमा आणविक अस्त्रको प्रयोगबाट लाखौं जनताको हत्या र पुस्तौंसम्म आणविक बिकीरणको कारण विकलाङ्ग बालकहरूको जन्म, मृत्यु र पीडाले अमेरिकी प्रशासनबाट संसार सन्त्रस्त भए । पछि कोरिया युद्ध (१९५०–५३), भियतनाम युद्ध, अफ्गानिस्तानमाथिको आक्रमण, इराक, लिविया र सिरियाको आक्रमणले अमेरिकी साम्राज्यवाद विश्व जनमतमा बदनाम हुँदै गयो ।
एकपटक संसारलाई स्वतन्त्रताको प्रेरक शक्ति बन्ने अमेरिकाले आज संसारमा १५० औं सैन्य अखडाहरू राखेर विश्वका जनतालाई युद्धको आतड्ढ मच्चाइरहेको छ ।
आज संरा अमेरिका हतियार र युद्धको निर्यात गरेर एकातिर विश्वमा विध्वंश मच्चाउँदै छ भने अर्कोतिर ऊ अनुत्पादक हतियार र युद्धकै कारण आफ्नो आर्थिक प्रगतिलाई आफैले कुठाराघात गर्दैछ । यसकारण संरा अमेरिका विश्वमा बढ्दै गएको तापक्रम नियन्त्रण गर्ने पेरिस सम्झौता, संयुक्त राष्ट्र सङ्घको शिक्षा र संस्कृतिको विकासको संस्था युनेस्को, इरानसँग आणविक सम्झौताबाट पछि हट्यो र नाटो देशका सबै सदस्यहरू र आफूले सैन्य सम्झौता गरेका सबै देशहरूको रक्षा बजेटको २ प्रतिशत अमेरिकालाई अनिवार्य दिन दबाब दिंदैछ ।
अमेरिकी थिड्ढट्याड्ढ ‘वाल स्ट्रिट’ ले सन् २०२१ सम्ममा संरा अमेरिकी अर्थतन्त्र चीनभन्दा तल झरिसक्ने सङ्केत ग¥यो । अमेरिका–चीनको व्यापार युद्धको कारण यही हो । अब संरा अमेरिका आर्थिक रुपले ¥हासोन्मुख अवस्थामा पुगेको छ र अमेरिका अब ‘सपनाको देश’ हुनेछैन ।
अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूसँग अमेरिकाको सम्बन्ध मित्रको भन्दा पुरानो ग्राहक र साहुको रुपमा रुपान्तरण हुँदैछ । ती दुवै महादेशका जनताले अमेरिकालाई उत्तर दिए, “चीनसँगको हाम्रो व्यापार अमेरिकासँगको भन्दा बढी छ र चीन राम्रो व्यापारीको मित्र हो ।”
पाँचौं अमेरिकी राष्ट्रपति मुनरोले भनेका थिए – ल्याटिन अमेरिका हाम्रो करेसाबारी हो, अरुलाई पस्न मनाही छ । मुनरो नीति १८२३ को विषय हो । तर, आज ती युरोपेलीहरूबारे ल्याटिन अमेरिकामा आ–आफ्नो उपनिवेश पुनःस्थापना गर्न उक्साउँदै छ । भेनेजुयलाजस्तो स्वतन्त्र र सार्वभौम देशको तेलमाथि आँखा गाड्दै युद्धबाट त्यस देशलाई आफ्नो मुठ्ठीमा पार्ने अमेरिकाले दुःस्वप्न देख्दैछ ।
संरा अमेरिका आज एसियालाई एसियालीहरूसँगै भिडाएर अमेरिकाको सम्पूर्ण क्षेत्रमा पुनः कब्जा गर्ने खेलमा लाग्दैछ । हिन्द–प्रशान्त सैन्य गठबन्धनको तयारी त्यसको एक उदाहरण नबनोस् भन्ने चिन्ता नेपाली जनताको हो । तर, जसरी कहिल्यै सूर्य नडुब्ने बेलायती साम्राज्य आज इतिहासमा सीमित छ, “जहाँ नेपोलियनको सेना जान्छ, त्यहाँ भाग्यको रेखा कोर्छ” भनिन्थ्यो, आज ऊ पनि आफ्नै सीमाभित्र छ, “पवित्र आर्य रगतले संसारलाई शासन गर्ने नैतिक अधिकार राख्छ” भन्ने हिटलरी जर्मनी पनि आफ्नो सीमामा छ । अब आफ्नो सीमाभित्र खुम्चिँदै जाने पालो संरा अमेरिकाको हो ।
लायन्स क्लव अन्तर्राष्ट्रियका विद्वान मित्रहरू आफै जानकार हुनुहुन्छ, समय सधैं एक नास हुँदैन, उदाउँदो सूर्य मध्यान्हमा चर्को हुन्छ तर सन्ध्यासँगै डुब्छ ।
त्यस्तै हरेक वस्तु, व्यक्ति र शक्तिको पनि उज्यालो पक्ष र अँध्यारो पक्ष हुन्छ । पूर्वी गोलाद्र्धमा उज्यालो हुँदा पश्चिमी गोलाद्र्ध अँध्यारो हुन्छ ।
मानिसले उज्यालोबाट प्रेरणा लिन्छ र अँध्यारोबाट टाढा बस्छ । यो संसारको सामान्य नियम हो ।
(नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार भक्तपुरमा आयोजित चौथो नेपाल लायन्स फेस्टिवलमा व्यक्त गर्नुभएको मन्तव्यको सार–सम्पादक)
Leave a Reply