भर्खरै :

ज्योतिषशास्त्र गणित हो, अन्धविश्वास होइन

भक्तपुर , २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको एक प्रतिनिधिमण्डलले मङ्गलबार भेटघाट ग¥यो । नेपालको मौलिक संस्कृति र ज्योतिष शास्त्रअनुसार हाम्रो तिथिमा करिब एक महिना फरक परिसकेको कारण एक महिना मन्होन्तर गरी चैत १ गतेलाई वैशाख १ गते बनाउनुपर्ने विषयमा छलफल गर्न उक्त प्रतिनिधिमण्डलले बिजुक्छँेलाई भेट गरेको हो ।
भेटघाटमा अध्यक्ष रोहितले ज्योतिषशास्त्र विज्ञानसम्मत भएको चर्चा गर्दै पर्वसमय सुधारका विषय सबैभन्दा पहिले स्कूल कलेजमा कक्षाहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले ज्योतिषशास्त्र गणित भएकोले अन्धविश्वासको रुपमा लिन नहुने बताउनुभयो ।
पर्वसमय सुधार समाजका अध्यक्ष महेश्वर जुजुराज उपाध्यायले २०६५ सालमा नेपाल सरकारले निर्णय गरेको पर्वसमय सुधार गर्ने निर्णय भारतको दबाबमा अहिलेसम्म लागू नगरेको बताउनुभयो ।
शास्त्रअनुसार हाम्रो पर्वसमय ७२ वर्षमा १ दिन र २१५० वर्षमा १ महिना फरक पर्ने र अहिले २४ दिन फरक परिसकेकोले सुधार आवश्यक भएको विद्वानहरूको राय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *