नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेललाई मङ्गलबार एक समारोहबीच बिदाइ गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाइ कार्यव्रmम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला ओढाई अधिकृत पोखरेललाई बिदाइ गर्नुभयो ।
बिदाइ समारोहमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको नेतृत्व र कर्मचारीको सहयोगी भावनाकै कारण नगरपालिकाले उत्कृष्ट ढङ्गले काम गर्न सजिलो भएको बताउनुभयो । उहाँले जनप्रतिनिधिको कमजोर पक्षमा कर्मचारीहरूले रचनात्मक सहयोग गर्नुपर्नेे आवश्यकता औंल्याउनुभयो ।
उहाँले सरकार सफल वा असफल हुनुमा कर्मचारीहरूको ठूलो हात हुने बताउँदै कर्मचारीहरूले राम्रोसँग काम गरे देश छिटो विकास हुने र भक्तपुर नपाले कर्मचारीहरूलाई राम्रोसँग काम गर्न उत्साहित गरिरहेको बताउनुभयो ।
समाजलाई अगाडि बढाउन र नगरवासीको हितमा काम गर्न योगदान पु¥याउनुभएकोमा धन्यवादज्ञापन गर्दै प्रमुख प्रजापतिले आप्mनो फुर्सदिलो समयमा जीवनका अनुभव लिपिबद्ध गरी नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो “नयाँ पुस्ताले समाजलाई अगाडि बढाउने हुँदा नयाँ पुस्तालाई उत्साहित र परिष्कृत गर्दै लानुपर्छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सकारात्मक सोच लिएर जनप्रतिनिधि र कर्मचारीको काममा पु¥याएको सहयोग अतुलनीय भएको र भक्तपुर नपाको काममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पोखरेलको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगले आप्mनो जिम्मेवारी पूरा गर्न सहज भएको बताउनुभयो । अन्य स्थानीय तहमा भन्दा भक्तपुर नपामा राम्रो र व्यवस्थित ढङ्गले काम भएको बताउँदै अधिकृत पोखरेलले सांस्कृतिक नगरमा बसी काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यव्रmममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले सामाजिक र राजनैतिक क्षेत्रमा अझ व्रिmयाशील भई देश र समाजको निम्ति काम गर्न आवश्यक भएको बताउनुभयो भने नेपाल कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले व्यक्तिगत स्वार्थभन्दा संस्थागत र कर्मचारीको हितमा काम गरेको स्मरण गर्नुभयो ।
कार्यव्रmममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
बिदाइ समारोहमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाबाट प्रकाशित भक्तपुर मासिकको सङ्ग्रह, नेपाल भाषा प्रकाशन ‘ख्वप पौ’ र मायाको चिनोको रूपमा मयुरको झ्याल प्रदान गर्नुभएको थियो ।
Leave a Reply