फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
– कुमार चौलागार्इं
काठमाडौं, २१ फागुन । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटक–पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महिना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश छनोट सुरु गर्ने निर्णय गरे पनि प्रतियोगिताको मिति घोषणा गर्न सकेको थिएन ।
अधिकांश प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको र एक साताभित्र सबै प्रदेशमा खेलाडी छनोट भइसक्ने राखेपले जनाएको छ । गत मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकुद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै तीनपटक मिति सरिसकेको छ ।
गत असोज महिनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय भएको थियो । माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।
परिषद् स्रोतका अनुसार प्रतियोगिताको आगामी चैत २३ देखि ३० गते गर्ने गरी तयारी सुरु गरेको छ । “चैत २३ गते उद्घाटन गर्ने गरी तालिका बनेको छ, प्रतियोगिताको समापन चैत ३० गते हुनेछ । केही दिनभित्रै बस्ने बोर्ड बैठकले सोही विषयमा निर्णय गर्नेछ”, सदस्य–सचिव केशवकुमार विष्टले भन्नुभयो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिताको मिति तोक्न गाह्रो भइरहेको युवा तथा खेलकूुद मन्त्रालयले जनाएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन नसक्नु तथा र दशरथ रङ्गशालालगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) समेत प्रभावित भइसकेको छ । राखेप सदस्य–सचिव केशवकुमार बिष्टले प्रतियोगिताका लागि बन्दैगरेका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउँदै आठौँ राष्ट्रिय खेलकूद चैतभित्रै समापन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।”
“अघिल्ला प्रतियोगितामा समयमै बजेट नआउने र हतारमा जसरी पनि काम सिध्याउने मानसिकताले काम गरेको थियो । यसपटक हामीले सातौँ खेलकुद प्रतियोगिता सकिएलगत्तै आठौँको तयारी सुरु गरेका थियौं, भौतिक पूर्वाधार दिगो र बलियो बन्नेछ जसले भविष्यमा स्थानीयस्तरका खेल गतिविधिका लागि सजिलो हुनेछ” सदस्य–सचिव बिष्टले भन्नुभयो ।
अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चलन थियो । यसपालि देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलोपटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ ।
आठौंँ राष्ट्रिय खेलकुदका लागि प्रदेश २ र ३ बाट लनटेनिस र कबड्डी टोलीको छनोट पूरा भएको छ । राखेप प्रदेश नं ३ का अनुसार लनटेनिसमा पुरुषमा पाँच र महिलामा तीन खेलाडी छनोट भएका छन् । पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौंका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ र त्ेक जोशी तथा मकवानपुरका कुमार जिसी छनोट भएका छन् । महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ र रायना शाह र काठमाडौंकी अल्सा रेग्मी छानिएका छन् ।
त्यसैगरी आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश नं २ बाट सहभागी हुने पुरुष÷महिला कबड्डी टोली छनोट भएका छन् । राखेपका अनुसार पुरुषमा धनुषाका नवल राउत, कल्याण भुजेल, रोहित यादव, विजय यादव र धनवीर मण्डल, सप्तरीका वायु चौधरी र महेश मण्डल, महोत्तरीका आलम मन्सुर, रौतहटका दिलीप चौधरी, बाराका अमित पाठक र रामरुवरुप तथा पर्साका गोविन्द खड्का रहेका छन् । महिलामा धनुषाकी रेनु महतो, ऋचा सिंह र दिव्या साह, सप्तरीकी सरस्वती चौधरी, महोत्तरीकी अनु सुम्लिङ, सर्लाहरीकी सुस्मिता कार्की, रौतहटकी रुपा चौधरी, बाराका गङ्गा घिमिरे र प्रियङ्का यादव तथा पर्साकी श्रुती गौरे छनोट भएका छन् ।
Leave a Reply