तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
रौतहट, २२ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ रौतहट जिल्ला समितिको आयोजनामा माधवनारायण नगरपालिकाको वडा नं ७ फूलबारीया टोलमा किसानहरूको भेला भयो । भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले पार्टीले देश र जनताको पक्षमा आवाज उठाउँदै आएको चर्चा गर्दै नेमकिपाका जनप्रतिनिधिहरूले देश र जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
नेपालमा जल सम्पदाको ठूलो भण्डार रहेको र त्यसमध्ये १८ वटा नदीहरूको पानी सिधैँ पिउन योग्य रहेको बताउँदै उहाँले अरवियन देशहरू जसरी तेल बेचेर धनी भएका छन्, त्यसरी नै पानी निर्यात गरेर नेपाल धनी हुनसक्ने अवस्था रहेको चर्चा गर्नुभयो । उहाँले नाममात्रको कम्युनिष्ट सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिका अध्यक्ष दिनेश शाहले नेमकिपाले हिजोका दिनमा जसरी सिद्धान्त र नीतिमा रहेर जनतालाई राजनीतिकरुपमा सचेत पार्ने काम गर्दै आएको थियो, त्यसरी नै आज पनि इमानदारिताका साथ काम गर्दै जाने बताउनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले नेमकिपाका जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको चर्चा गर्दै भेनेजुयला र प्रजग कोरियाको वर्तमान राजनीतिक परिस्थितिबारे मन्तव्य राख्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य श्याम बिसुखेंले वर्तमान ओली सरकार कुनै पनि हालतमा कम्युनिष्ट सरकार हुन नसक्ने बताउनुभयो । कम्युनिष्टमा हुनुपर्ने कुनै गुण सरकारमा नभएको र हिजो काङ्ग्रेसले गरेजस्तै यो सरकार पनि त्यही बाटोमा गएकोले यो सरकार पुँजीवादी सरकार भएको उहाँले बताउनुभयो । नेक्राकिसङ्घ रौतहट जिल्ला समितिका अध्यक्ष शेष अभिरुल हकको सभापतित्वमा भएको उक्त भेलामा नेक्राकिसङ्घका केन्द्रीय सदस्य वैद्यनाथप्रसाद चौधरीले पनि आफ्नो धारणा राख्नुभएको थियो । परिचयात्मक कार्यक्रमबाट सुरु भएको उक्त किसान भेलामा सहभागीहरूले किसान समस्याबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । यसैबीच नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा राजविराजको डुग्रे गाउँमा किसानहरूको भेला भयो ।
भेलामा अध्यक्ष काफ्लेले किसानहरूको समस्याबारे चर्चा गर्नुभयो । नेक्राकिसङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले किसानहरूको अवस्थाबारे चर्चा गर्नुभयो । काफ्लेकै नेतृत्वमा इटहरी नगरपालिका वडा नं. ३ स्थित घिमिरे टोलमा किसानहरूसँग भेटघाट भयो । त्यस्तै अध्यक्ष काफ्लेको नेतृत्वमा श्रीरामसुगर मिल्स प्रा.लि.मा निरीक्षण गरियो । निरीक्षणको क्रममा उहाँले किसानहरूले समयमै उखुको मूल्य नपाएको सम्बधमा सुगर मिलका कर्मचारी र प्रशासनको ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले उखु खेती गर्ने किसानहरूलाई वि.सं. २०७१ देखि उखुको मूल्य नदिएको सम्बन्धमा ध्यानाकर्षण गर्दै सुगर मिल चलाउन किसानहरूको ठूलो योगदान हुने बताउनुभयो ।
Leave a Reply