संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
भक्तपुर, २२ फागुन । वागीश्वरी कलेजको आयोजनामा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बुधबार अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रमका बासु कलेजकी प्राचार्य अम्बिका न्याईच्याईले समाज वर्गमा विभाजित भएकोले श्रमिक महिलाहरूको शोषण अन्त्यको लागि महिलाहरू नै राजनैतिकरूपले सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
उहाँले शिक्षामा भएको सकारात्मक परिवर्तनले समाज परिवर्तन सहज हुने बताउनुभयो ।
समाज परिवर्तनमा एउटा पुस्तकको पनि भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले विद्यार्थीहरूलाई दीर्घकालीन सोच राखेर अध्ययनलाई अगाडि बढाउन सुझाउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले आर्थिक समानता नभएसम्म महिला सशक्तीकरणका कुराको कुनै अर्थ नहुने बताउनुभयो ।
अध्ययन शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि मात्र नभई योग्यताअनुसारको क्षमता अभिवृद्धिका लागि हुनुपर्ने बताउँदै उहाँले समाजको अन्धविश्वासलाई चिर्न सकेनौं भने शिक्षित भएर पनि जीवनमा धेरै काम अधुरो भएको पुष्टि हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले पँुजीवादी समाजमा कामदार महिलाहरूलाई पुरुषसरह काम गरेर पनि कम ज्याला दिने कानुन बनाएर महिलाहरूलाई शोषण गरिने बताउनुभयो ।
व्यवहारिक ज्ञान नहुँदा जीवनमा अनेक समस्याहरू झेलेको बताउँदै उहाँले पाठ्यक्रमसँगसँगै व्यवहारिक ज्ञान पनि हुनुपर्छ भन्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले समाजमा व्याप्त विकृति, विसङ्गति, बालविवाहलाई हटाउनका लागि विद्यार्थीहरू क्रियाशील हुनुपर्छ भन्नुभयो ।
शिक्षिका एवं विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा मानविकी सङ्कायका इन्चार्ज राजन चौगुठी, शिक्षक मङ्गलेश्वर ध्वँजू, विद्यार्थीहरू सचिता श्रेष्ठ, सदीक्षा न्हेम्हाफुकी, पुरुषा मचामसी, दीपिका कार्कीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply