भर्खरै :

प्रदेश नं. ३ बाट बुद्धिचाल खेलाडी छनौट

धुलिखेल, २२ फागुन । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा भइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निम्ति बुद्धिचाल खेलतर्फ ३ नं. प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगिता र पुरस्कार एवं प्रमाणपत्र वितरण कार्यक्रम नेपाल बृद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष एकलाल क्षेष्ठको प्रमुख आतिथ्यता बुधबार सम्पन्न भयो ।
कार्यक्रममा उहाँले विजयी खेलाडीहरूलाई बधाई दिंदै राष्ट्रिय प्रतियोगितामा अझ खेल निखार्न अनुरोध गर्दै यस खेलमा नयाँ पुस्ताको प्रवेश आवश्यक छ र त्यसको निम्ति विद्यालयस्तरको प्रतियोगिता आयोजना हुनु आवश्यक छ भन्नुभयो ।
छनौट प्रतियोगिता फागुन १९ गतेदेखि सुरु भई २१ गतेसम्म चालू रहेको थियो । प्राप्त अन्तिम परिणामबारे जानकारी दिंदै नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्विटर एवं प्रतियोगिताका चिफ आर्विटर निरन्जन प्रजापतिले परिणाम घोषणा गर्दै प्रतियोगितामा प्रदेश नं. ३ अन्तर्गत ८ वटा जिल्लामा २४ जना पुरुष र ८ जना महिलाले प्रतिस्पर्धा गरेका थिए । प्राप्त जानकारीअनुसार पुरुषतर्फ प्रथम काठमाडांैका नविन तण्डुकार, दोस्रो मकवानपुरका बलराम सन्जेल, तेस्रो दोलखाका आशिष फुयाल, चांैथो ललितपुरका सानुराज बज्राचार्य र पाँचौ भक्तपुरका निकेन कुसाथा नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् ।
महिलातर्फ उत्कृष्ट ३ मा पर्ने प्रथम अनिशा न्यौपाने (काठमाडौं), दोस्रो संगीता जयसवाल (ललितपुर) र तेस्रो मार्शल तामाङ्ग (काठमाडौं) राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । प्रतियोगितामा आर्विटरको भूमिकामा महेश्वर डंगोल, राजकुमार लघु, सुरविर लामा, आरसी लामा र यज्ञनिधि पन्त रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *