भर्खरै :

सर्लाहीमा किसान भेला

सर्लाही, २५ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ सर्लाही जिल्ला समितिको आयोजनामा किसानहरूको भेला कामडमा सम्पन्न भयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले भारतीय विस्तारवादले नेपालमा कहिले पनि राजनैतिक स्थिरता नचाहेको चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादको सधैं विरोध गरिआएको बताउनुभयो ।
नेपालका राजनैतिक दलहरूलाई भारतले आफ्नो हितमा प्रयोग गरिरहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले पनि देशमा सरकार टिकाउनको लागि सधैं भारतको सेवा गरिरहेको चर्चा गर्नुभयो ।
आफ्नो देशको हितभन्दा भारतको स्वार्थलाई प्राथमिकता दिएर काम गरिरहेकोले यो सरकारले संसद्मा दुईतिहाई भए पनि देशको हितको लागि काम गर्ननसक्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य श्याम विसुखेंले सङ्गठित शक्तिले मात्र देशमा परिवर्तन गर्नसक्ने बताउँदै नेपाल क्रान्तिकारी किसान सङ्घ एउटा राजनैतिक सङ्गठित शक्ति भएको चर्चा गर्नुभयो । रमा कान्तको अध्यक्षतामा भएको उक्त किसान भेलामा विभिन्न किसानहरूले तराईका किसाानहरूको समस्याबारे आ–आफ्नो धारणा राख्नुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *