भर्खरै :

अन्तरसदस्यीय टेबलटेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर, २५ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को रजत वर्षको अवसरमा युवा उपसमितिको आयोजनामा अन्तरसदस्यीय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजूले विजेता खेलाडीहरूलाई ट्रफी वितरण गर्दै विज्ञान र प्रविधिको दु्रत विकासले मानिसहरूमा सामाजिक भावना जागृत गर्ने विचार व्यक्त गर्दै खेलाडीहरूले आफ्नो थप व्यक्तित्व विकासमा लागि सामाजिक कार्यहरूमा रुचि राख्न जोड दिनुभएको थियो ।
भक्तपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले विजेता खेलाडीहरूलाई प्रमाणपत्र एवम् मेडल वितरण गर्दै खेल र खेलकुद क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आयोजक उपसमितिका संयोजक एवम् सञ्चालक रमेश दुमरुले आयोजित प्रतियोगितामार्फत खेलाडीहरूले आफ्नो खेल कौशल विकास गर्ने अवसर पाएको र सिद्धि गणेश साकोसले आफ्नो रजत वर्ष वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने जानकारी दिनुभयो ।
विभिन्न चार विधामा सञ्चालन भएको प्रतियोगिताको महिला एकल १६ वर्ष मुनितर्फ प्रदिपा सुवाल प्रथम, जननी श्रेष्ठ दोस्रो, सौरवी कोजु र क्यारिना सुवाल संयुक्त रुपमा तेस्रो भए ।
पुरुष एकल १६ वर्षमुनिको विधामा विकित सुवाल प्रथम, विमित पञ्च दोस्रो, निर्जन दुवाल र शुभश्री लघु संयुक्त रुपमा तेस्रो भए भने पुरुष एकल १६ वर्षदेखि ३५ वर्षको समुहमा विकास ख्याजु प्रथम, साजनमान लाखा दोस्रो, रुपक लाखा र लोमश खाइजु संयुक्त रुपमा तेस्रो भए ।
पुरुष एकल ३५ वर्षमाथिको समुहमा सुरेन्द्र सुवाल प्रथम, विश्वराम कवां दोस्रो, रुद्रनारायण लाखा र रामेश्वर लाखा संयुक्त रुपमा तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *