भर्खरै :

सिद्धि गणेश कपको लागि वडास्तरीय भेला

भक्तपुर, २६ फागुन । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा चैत १६ गतेदेखि सिद्धि गणेश कप २०७५ पुरुष फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भ.न.पा. ७ का स्थानीयहरुको भेला भयो ।
भेलामा भ.न.पा. ७ मा वडाध्यक्ष उकेश कवांले खेलाडीहरु देशका लागि खेल्नुपर्ने र खेलाडीहरु अनुशासित, इमानदार र असल हुनुपर्ने बताउनुभयो । नयाँ पुस्तालाई भावी कार्यकालको लागि हस्तान्तरण गर्दै खेलकुदलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । महेश्वरी खेलमैदानलाई लगभग बीस हजार दर्शकले अवलोकन गर्न सकिने एबचबाष्त निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
पूर्व वडा अध्यक्ष कृष्णगोविन्द खाइजूले प्रतियोगिता सफल बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सिद्धि गणेश साकोसका अध्यक्ष राजन लाखाजूले सिद्धि गणेश कप– २०७५ लाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि अनुरोध गर्नुभयो ।
आयोजक समितिका सल्लाहकार कृष्णगोविन्द लाखाजूले सिद्धि गणेश पुस्तकालयबाट जन्मेको सिद्धि गणेश खेलकुद समितिले खेलकुदलगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताउनुभयो ।
भेलामा आयोजक समितिका अध्यक्ष एवं सभापति राधेश्याम लाखा, निवर्तमान अध्यक्ष ईश्वमान दुमरु र सचिव रामेश्वर लाखाले पनि आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *