अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २७ फागुन । विश्वका वन्य जन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ को डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र महासङ्घको सभाबाट हरेक वर्ष मार्र्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने घोषणा भएको थियो । सो घोषणासँगै प्रत्येक वर्ष संसारभर यस दिन विभिन्न कार्यक्रमहरू गरी मनाइँदै आइरहेको छ । नेपालमा पनि सो दिवसको अवसरमा विभिन्न सङ्घ संस्थाहरूले यो दिवस मनाए ।
वन ,वन्यजन्तु तथा वातावरणको वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान एवम् संरक्षणमा क्रियाशील भक्तपुरको “तेस्रो ध्रुव संरक्षण” नामक संस्थाद्वारा सिपाडोलस्थित “सेपिलोपाखा सामुदायिक वन उपभोक्ता समूह” सँग सहकार्य गरी डोलेश्वरमा पनि वन्यजन्तु संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गरी सो दिवस मनाइयो । कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्राणी शास्त्री दिक्पाल कर्माचार्यले नेपालका वन्यजन्तुहरूको अवस्था, वन्यजन्तु ऐन तथा तिनिहरूको संरक्षणसम्बन्धी प्रस्तुति प्रस्तुत गर्नुभयो ।
तेस्रो ध्रुव संरक्षणका उपाध्यक्ष रविता दुवालले विश्वमै दुर्लभ एवम् ऐतिहासिक जीव “सालक” भक्तपुरका विभिन्न सामुदायिक वनहरूमा पाइने भएकोले यसको संरक्षणका लागि स्थानीय निकायसँग आग्रह गर्दै भक्तपुरमा पर्या–पर्यटनको विकासको पनि प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले विश्वमै सबैभन्दा बढी सिकार भइरहेको जीव सालकलाई लोप हुनबाट जोगाउन सालक संरक्षणसबन्धी प्रस्तुति पनि दिनुभएको थियो ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले आफ्ना वरिपरि पाइने वन्यजन्तुहरूले बेलाबेलामा धनजनको क्षति पु¥याउने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व भइरहेको र त्यस्ता क्षतिको न्युनीकरण गर्ने हो भने द्वन्द्व निराकरण गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा भक्तपुर क्याम्पस, विज्ञान सङ्कायको तेस्रो वर्षमा अध्यनरत छात्राहरू सन्ध्या ह्यङ्गोजु, मिनु शिल्पकार, अञ्जु कर्माचार्य र रोजरी कार्कीले वन्यजन्तुहरूको वैज्ञानिक खोज, अध्ययन अनुसन्धानमा प्रयोग गरिने अत्याधुनिक उपकरणहरूको जानकारीमूलक प्रस्तुति गरेका थिए ।
सेपिलोपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रेणु तामाङले वन्यजन्तु संरक्षणसम्बन्धी कार्यक्रमहरू गाउँ–गाउँसम्म पु¥याउन सकेमात्र संरक्षण प्रभावकारी रूपमा अघि बढ्ने विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply