भर्खरै :

अन्तरवडा खेलकुद समिति व्याडमिन्टन प्रतियोगिता जारी

भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिका वडा नं. १ खेलकुद समितिद्वारा आयोजित अन्तरवडा खेलकुद समिति (भनपा वडा नं. १ देखि १० सम्म) पुरुष युगल (ःभलुक म्यगदभिक) व्याडमिन्टन प्रतियोगिता बुधबार पनि जारी रह्यो । भनपा– १ भार्वाचोमा सञ्चालन भइरहेको सो प्रतियोगिताको पहिलो चरणका खेलहरूमा ५ नं. वडा खेलकुद समितिका जीवन कवां र राजेश खाइतुको जोडीले आयोजक समितिका केशव कोजू र विष्णुप्रसाद मगजुको जोडीलाई २१–१० र २१–१८ अङ्ककले पराजित गरे भने आयोजक समितिका कृष्णप्रसाद शिल्पकार र समीर शिल्पकारको जोडीले ५ वडा खेलकुद समितिका रुकेश कवां र श्याम सुवालको जोडीलाई २१–१४, १५–२१ र २४–२२ अङ्कले हरायो । सोही दिन भएको पहिलो चरणकै अर्को खेलमा ७ वडा खेलकुद समितिका राजेश लाखा र श्यामसुन्दर दुमरुको जोडीले २ वडा खेलकुद समितिका पुण्यराम स्वंगमिखा र राज खुसुजूको जोडीलाई, ३ वटा खेलकुद समितिका लक्ष्मीनारायण सुवाल र आनन्द हाडाको जोडीले ६ वडा खेलकुद समितिका उजित कोजू र सरल कोजूको जोडीलाई पराजित गरे । ४ वडा खेलकुद समितिका रविन घेमसु र श्यामसुन्दर ख्याजूको जोडीले ८ वडा खेलकुद समितिका राजन ग्वाछा र गणेशबहादुरको जोडीलाई तथा २ वडा खेलकुद समितिका विष्णुकुमार बासुकला र राजेन्द्र सुवालको जोडीले आयोजक समितिका रञ्जन बमनु र केशव बाइजुको जोडीलाई पछि पार्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।
प्रतियोगिताअन्तर्गतका क्वार्टर फाइनलका खेलहरू फागुन ३० गते बिहान ६ः३० बजेदेखि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष बाबुकाजी धौबञ्जारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *