भर्खरै :

‘भारत—पाकिस्तान वार्ताको प्रयास गछौँ’

इस्लामाबाद, २८ फागुन (एएनआई) । जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताउनुभएको छ ।
पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ दिल्ली र इस्लामाबादलाई एउटै टेबुलमा ल्याउने प्रयास गर्ने उहाँले मङ्गलबार बताउनुभयो ।
इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘भारत र पाकिस्तानको पछिल्लो तनावपूर्ण अवस्थाका बारेमा मलाई चासो लागेको छ, मैले यसलाई न्यूनीकरण गराउने प्रयास गर्नेछु ।’
उहाँले वार्ताबाटै समस्या समाधानको बाटोमा दुवै देश आउने विश्वास पनि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
दुईदिने भ्रमणका लागि उहाँ मङ्गलबार इस्लामाबाद आइपुग्नुभएको हो ।
भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रअरी १४ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरि तनाव बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *