साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू र सर्वसाधारण पनि किनमेलको लागि दिनहुँ नै पस्छन् । दुई वटा देश भएपछि दुई वटा स्वार्थ हुनु स्वभाविकै हो । ठूलो आकार र जनसङ्ख्या भएको देश भारतको एसएसबीबाट नेपाल हेपिने र दबिने व्यवहार भइरहेको थियो । स्थानीय वासिन्दाका अनुसार सामान्य झडप पटक पटक भइरहेको थियो । पारी भारतको बसहीकस्वा, वारी नेपालको आनन्दबजार रहेको र बीचमा अलि उँचो भूभाग दुम्के डाँडालाई स्थानीय जनताले ‘कारगिल डाँडा’ नामाकरण गरे । कारगिल भारत र पाकिस्तानबीच सन् १९९९ मा युद्ध भएको काश्मिरको भूभाग हो । कारगिल विवाद अझै सल्टिएको छैन ।
भारतीय एसएसबी थानेदार अरविन्दुकमार सिन्हाले आफूलाई ढुङ्गा लागेको निहुँमा गोली फायर गरे र चौथो फायर गोविन्द गौतमको कम्मरमा लाग्यो र उनी ढले ।
भारतको वडाराष्ट्र अहँकारको कारण वसहीकस्वा र आनन्दबजारका वासिन्दाबीच सम्बन्ध कहिल्यै राम्रो भएन । केही वर्ष अघि विद्यालय बनाउँदा पनि भारतीय पक्षले अवरोध गर्यो । एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति गरी कल्भर्ट बनाइएको थियो । सरकारमा गएका पार्टीहरूले देशको सीमा सुरक्षाबारे चिन्ता नलिंदा नेपालको भूभागमा कुनै पूर्वाधार बनाउँदा भारतीय पक्षसँग सहमति लिनु पर्ने र सहमति भइसकेपछि पनि भारतीय आतंक व्यहोर्नुपर्ने स्थिति उत्पन्न भयो । भारतीय एसएसबीले नेपाली भूमिमा बनाएको कल्भर्टलाई भारतमा बनाइएको झूटा दावी गर्यो र भत्काउन खोज्यो । यसैकारण दुई देशका जनताबीच ढुङ्गा हानाहान भयो । भारतीय एसएसबीले ढुङ्गा हान्ने आफ्ना जनतालाई फिर्ता नगरी उत्साहित गर्दै नेपाली भूमिमा प्रवेश गर्यो । भारतीय एसएसबी थानेदार अरविन्दुकमार सिन्हाले आफूलाई ढुङ्गा लागेको निहुँमा गोली फायर गरे र चौथो फायर गोविन्द गौतमको कम्मरमा लाग्यो र उनी ढले ।
नेपालको सीमासँगै भारतले प्रत्येक २–४ किमीमा सशस्त्र सीमा बल तैनाथ गरेको छ । यसकारण नेपाल–भारत खुला सीमाका ५९९४ सीमा स्तम्भमध्ये ११ सयभन्दा बढी उखेलेर नेपालतर्फ सारिएको र हराइएको अवस्था छ । आनन्दबजारदेखि ५ सय मिटर दूरीसम्म नेपालीको जग्गा छ । नेपालले बनाएको कल्भर्ट पारी २२ बिघा जमिन नेपालीले कमाउँदै आएका छन् । दुम्के डाँडा (कारगिल डाँडा) पारीको जग्गाको लालपुर्जा नेपालीकै हो तर भारतले त्यो क्षेत्र आफ्नो दाबी गर्दै आएको छ । त्यहाँको २०० नम्बरको सीमास्तम्भ हराएको छ ।
दुम्के डाँडा (कारगिल डाँडा) पारीको जग्गाको लालपुर्जा नेपालीकै हो तर भारतले त्यो क्षेत्र आफ्नो दाबी गर्दै आएको छ । त्यहाँको २०० नम्बरको सीमास्तम्भ हराएको छ ।
फागुन २६ गते भारतीय प्रहरीले नै ताकी ताकी नेपालीलाई गोली हानेको हो । नेपालको सशस्त्र प्रहरी पनि त्यहाँ थिए तर आदेश छैन भनी मौन रहे । अहिले भारतीय पक्षले आफूले गोली नचलाएको झूटा तर्क राख्दैछ । २०६२ सालमा सीमा क्षेत्रमा रहेको राष्ट्रिय मावि परिसरमा भारतले स्तम्भ बनाएको नेपालीले भत्काएको थियो । सरकार चूप हुने, देश बचाउन निहत्था जनताले लड्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
(२०७३ फपागुन ३० गतेको ‘मजदुर‘ दैनिकबाट)
Leave a Reply