साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
काठमाण्डौ, ३० फागुन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) अन्तर्राष्ट्रिय कानुनविपरीत नेपाली भूमिभित्र प्रवेश गरी नेपाली नागरिक गोविन्द गौतम हत्या गरेको र सीमावर्ती नेपाल नागरिकमाथिको ज्यादतीविरुद्ध सोमबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले भारतीय राजदुतावास घेराउ गरे ।
रत्नपार्क शान्तिबाटिकाबाट भारतीय विस्तारवादविरुद्ध विभिन्न नारा लगाउँदै लैंचौरस्थित भारतीय दुतावासअघि पुग्दा केही बेर प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठी प्रहार गरेका थिए । शुरुमा नेक्राविसङ्घ र नेक्रायुसङ्घको विरोध पत्र भारतीय दुतावासले बुझ्न अस्वीकार गरेको थियो । तर चर्को नाराबाजी र जुलुसमा नेमकिपाका सांसदहरु समेत उपस्थित भएको जानकारी पश्चात दुतावासले विरोध पत्र बुझेका थिए । दुतावास कर्मचारीले विरोध पत्र सम्बन्धित निकायमार्फत भारतीय प्रधानमन्त्री कार्यालयमा पठाउने वचन व्यक्त गरेका थिए ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगर, नेमकिपा काठमाण्डौ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, नेक्रासाँसङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाई, नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसा र नेक्राविसङ्घका केन्द्रीय अध्यक्षसहितको टोली दुतावासमा विरोध पत्र बुझाएको थियो ।
दुतावास जाने बाटोमा नै विरोध सभा भएको थियो । सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालले भारतीय सशस्त्र फौज नेपाली भूमिभित्र प्रवेश गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको र दक्षिण एसियाका सबै देशहरुसँग शत्रुतापूर्ण सम्बन्ध राखेर भारतले आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने गल्ती गरिरहेको बताउनुभयो ।

उहाँले भारतीय विस्तारवादविरुद्ध २०२२ सालदेखि नै नेमकिपाका अग्रजहरुले सङ्घर्ष गर्दै आएको स्मरण गर्दै भन्नुभयो,‘भारतीय विस्तारवादको विस्तारवादी चरित्रका कारण नेपालको विकास हुन नसकेको हो ।’
सांसद सुवालले देशको लागि सङ्घर्षमा उत्रेका नेपाली जनतामाथि नेपाली सुरक्षाकर्मीले दमन गरे भोलि भारतीय सशस्त्र फौजको पहिलो गोली नेपाली सुरक्षाकर्मीमाथि पर्नेमा सजग पार्नुभयो ।
कञ्चनपुर घटनाका पीडितहरुलाई भारतीय सरकारबाटै क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाई थियो ।
नेमकिपा काठमाण्डौ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भारतीय विस्तारवादले नेपाली जनतामाथि गोली चलाएर हत्या गर्दा पनि नेपाल सरकार मुकदर्शक भत्र्सनायोग्य र नेपाली जनताको लज्जाको विषय भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले नेपाली जनतालाई गोली हानी हत्या गर्ने भारतीय शासक वर्गलाई जोगाउने प्रचण्ड सरकार आफै पनि हत्यारा भएको बताउनुभयो ।

उहाँले भारतीय दुतावासले कञ्चनपुर घटनाको विषयमा झुठ बोलेर गोली नचलेका भनी विज्ञप्ति सार्वजनिक गर्नुले दुतावास घँटुवा दुतावास प्रमाणित भएको धारणा राख्नुभयो ।
सभामा नेमकिपा केन्द्रीय सदस्यहरु हरिसुन्दर बासी, रवीन्द्र ज्याख्व, नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसा र उपाध्यक्ष राजवीर डंगोल, केन्द्रीय सदस्य मीनबहादुर बाटा, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजू, सचिव नरेश खत्री, केन्द्रीय सदस्यहरु रमेश प्रजापति र सृजना सैंजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply