भर्खरै :

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

विराटनगर, २ चैत (रासस) ः पाँचाँै साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ ।
विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।
यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३–० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो । बङ्गलादेशले दोस्रो हाफमा गोलको अवसर गुमाएको थियो ।
यो विजयसँगै नेपालले आगामी बुधबार हुने सेमिफाइन खेलमा समूह ‘बी’ अन्तर्गतको भोलि हुने खेलको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि समूह ‘बी’ अन्तर्गतको भारत र श्रीलङ्का बीचको अन्तिम खेलपछि समूह विजेता र उपविजेताको निर्णय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *